ललितपुर /सिद्धिश्वरमान अक्षलाेक साहित्य केन्द्रले आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसकाे पुस्तकालय हलमा एक पुरस्कार कार्यक्रमको आयोजना गर्याे ।
सो अवसरमा स्टार एक्सप्रेस साप्ताहिक र श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाका प्रधान सम्पादक प्रविण जोशी र सम्पादक शिवकुमार श्रेष्ठले प्रमुख अतिथि श्री हरिराम जोशीलाई बधाई ज्ञापन गर्दै सम्मानपत्र पत्रका साथ सम्मान गरियो।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि तथा संस्थाका संरक्षक सावित्री श्रेष्ठ हुनुहुन्थ्यो ।
संस्थाले नेपाली संचार, सूचना र साहित्यक क्षेत्रमा अविरल रूपमा सक्रिय रही साहित्य र साहित्य पत्रकारिताकाे कदर गरेको थियो ।
यश पुरस्कारले भविष्यमा अझ गतिशील र उर्जाशील रूपमा साहित्यकार अघि बढ्ने कुरामा पूर्ण विश्वासका लिएको सिद्धिश्वरमान अक्षयलाेकका अध्यक्ष ई. स्वजन स्वराज शाक्यले जानकारी गराउनु भयो ।
श्री हरिराम जोशीले जलसँग सम्बन्धित संस्कृति र सम्पदाको संरक्षणमा यस्ता कृतिहरूले प्रेरणा दिने बताउनु भयो।
विशेष अतिथि डा. श्रेष्ठले परम्परागत जल व्यवस्थापन प्रणालीहरूलाई आधुनिक योजनासँग जोड्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सङ्ग्रहालय, छाउनीकी प्रमुख अरुणा नकर्मीले दिनु भएको थियो।
उहाँले लेखेको अनुसन्धानमूलक पुस्तक सङ्ग्रहालयका लागि सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त व्यक्त गर्नु भयो।
कार्यक्रममा संस्कृतिप्रेमी, साहित्यकार, अनुसन्धानकर्ता र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


