रुसको कमचटका प्रायद्वीपमा जुलाई ३०, २०२५ मा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ, जसले जापानको प्रशान्त तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ। जापान मौसम विज्ञान एजेन्सीले ३ मिटर (१० फिट) उचाइको लहर आउने सम्भावना रहेको जनाएको छ। यसले जापानको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
प्रभावित क्षेत्रहरू र सुरक्षाका उपायहरू:
तटीय क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
फुकुसिमा आणविक संयन्त्रका कर्मचारीहरूलाई सुरक्षाका लागि स्थानान्तरण गरिएको छ।
सुनामीको चेतावनी जारी भएका क्षेत्रहरूमा तटीय क्षेत्रबाट टाढा रहन र आपतकालीन निर्देशनहरू पालना गर्न अनुरोध गरिएको छ।
यदि तपाई जापानमा हुनुहुन्छ भन्ने उच्च सतर्कता अपनाउनु होला।


