माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल नागढुङ्गा टनेल र मितेरी पुल तथा गल्छी-त्रिसुली-मैलुङ्ग-स्याफ्रुबेशी-रसुवागढी सडकको बर्तमान अवस्थाको अवलोकन

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज नागढुङ्गा टनेलको अवलोकन साथै रसुवागढीमा पुगि हालै भोटेकोशीमा आएको बाढीले बगाएको मितेरी पुल तथा गल्छी-त्रिसुली-मैलुङ्ग-स्याफ्रुबेशी-रसुवागढी सडकको बर्तमान अवस्थाको अवलोकन गरि ठेक्का अन्त्य गरेको स्थानमा तुरुन्तै सडक विभागबाट ठेक्का व्वस्थापन गर्ने,स्याफ्रुवेशी -रसुवागढी खण्डको निर्माण तथा सडक तथा वगाएको पुलको पुनस्थापना चीन सरकारबाट तुरुन्तै गर्ने तथा बाढीले क्षति पुर्याएको सडकको पुनस्थापना गर्ने लगायतका विषयमा निर्देशन र आवस्यक कार्य गर्ने बिचार व्यक्त गर्नु भएको छ।

यस अवसरमा बिदुर-धुन्चे सडकको मर्मत र पुनस्थापनाको विषयमा समेत मन्त्रीको बिसेस चासो रहको थियो।

सडक विभागका महानिर्देशक , योजना तथा डिभिजनका प्रमुख ज्यूहरु सहितको यो स्थलगत भ्रमण नुवाकोट तथा रसुवा जिल्लाको समग्र सडक पूर्वाधार विकाशका लागि महत्वपूर्ण रहेको छ।