बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको आ.व. ०८१।८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम २०८२ साल श्रावण महिनाको २९ र ३० गते ललितपुर जिल्लाको गोदावरी स्थित होटल भ्यु भृकुटीमा आयोजित गरिएको थियो। नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रसासकीय अधिकृत, महाशाखा/शाखा कर्मचारी तथा सम्पुर्ण वडा सचिवहरूको सहभागितामा भएको यो सत्रले आर्थिक वर्ष ०८१।८२ का गतिविधिहरूको प्रगति विश्लेषण गरी आगामी रणनीति तय गरेको छ।


