आज मिति २०८२ साल भाद्र १ गतेका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानले बुध्दनगर आधारभूत विद्यालयका १२५ जना गरिव विद्यार्थीहरुलाई खेलकुद पोशाक (ट्रयाक सुट) उपलब्ध गराउनको लागि विद्यालयलाई रु ९१ हजारको सहयोग प्रदान गर्यो । उक्त रकमको चेक प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालबाट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामलाल तण्डुकार र प्रधानाध्यापक पुरुषोत्तम नेपाललाई संयुक्त रुपमा हस्तान्तरण गरियो । विद्यालयको वार्षिकोत्सवको अवशर पारी आयोजना गरिएको उक्त कार्यक्रममै अध्यक्ष ढकालले वालवालिकाहरुलाई ट्रयाकसुट बितरण गर्नु भएको थियो । त्यसैक्रममा विभिन्न कक्षामा वढि अंकल्याई उत्तिर्ण भएका वालवालिकाहरुलाई वधाइ दिंदै अध्यक्ष ढकालले प्रतिष्ठानले गरिव तथा जेहेन्दार वालवालिकाहरुलाई आगामी वर्षहरुमा पनि सहयोग गर्ने प्रतिवध्दता जाहेर गर्नु भएको थियो । उत्तः अवशरमा विद्यालयले अध्यक्ष ढकाललाई मायाको चिनो प्रदान गरेको थियो । फोटो सौजन्य सुजित थापा ।
Today Surendra Dhakal Foundation (SDF) extended a support of Rs. 91000 to Buddhanagar Basic school Baneswor for providing sportswear (Track Suit) to 125 poorer children visiting this school. SDF President Surendra Dhakal handed over the cheque of the said amount jountly to School Management Committee Chairman Shyamlal Tandukar and Headmaster Purusottam Nepal. In the program organized to celebrate School’s Annual Day president Dhakal congratulated class topper children in the annual exam and committed such support also in the years to come. On the occasion the school presented a Token of Love to SDF President Dhakal. Photo courtesy Sujeet Thapa.


