१७ श्रावण २०८२
काठमाडौ ।साइनो वाङ्मय चौतारी ,नेपालद्वारा काठमाडौमा आयोजित छैटौं वार्सिकोत्सव,स्रस्टा सम्मान श्रृङ्खला मासिक साइनो कविता विशेष लोकार्पण कार्यक्रममा विभिन्न ब्याक्तित्व सम्मानित भएका छन ।
डा . सीता सुवेदी पन्थीको सभाध्यक्षतामा सम्पन्न साइनो वाङमय चौतारी ,नेपालले शनिबार केएम्सी स्कुलमा आयोजना गरेको शृङ्खला मासिक साइनो कविता बिशेश लोकार्पण छैटौं वार्सिक उत्सव कार्यक्रममा ….. सम्मान गरेको हो ।
साइनो वाङ्मय चौतारी नेपालले आज समानता साहित्यिक मासिकको प्रधान सम्पादक साहित्यकार;मोहन दुवाल,हिपहप मासिकका सम्पादक ;प्रकाश समीर ,तिलोत्तमा रुपन्देहीको कमला भन्डारी(ढकाल)लाई सम्मान गरेको छ।
शेखर अर्यालको सन्चालन रहेको कार्यक्रममा आजिवन सदस्यको प्रमाणपत्र शृङ्खला साहित्यिक मासिकका प्रकाशक/सम्पादक ;प्रवीण जोशी ,शान्ताराम भट्टराई ,पार्वती अर्याल ,सुजिता कडेल,सुनिता दवाडीलाई प्रदान गरेको छ।
बाल कुमार क्षेत्रीको स्वागत मन्तव्य रहेको साइनो वाङमय चौतारी ,नेपालले बिगतमा झै कार्यक्रमलाई यश बर्ष पनि निरन्तरता दिएको छ ।
गजलकार ;नारायण गैरे,डा . डिल्ली भट्टराई ,प्रकाश समिरले शुभकामना मन्तव्य रहेको साइनोको समिक्ष। डा . अमृता शर्माले गर्नुभएको थियो ।उहाँले श्रमजीवी बर्गको उत्थान,समाज परिवर्तनको चोटिलो सन्देश बोकेको ,प्राज्ञिक मान्याता प्राप्त , साइनो,लघुत्तम चर्चा ,अक्षरको गणनाको आधार , वैज्ञानिक स्वरुप एकताले अन्तर्राष्ट्रिय चर्चा पाउन सक्नेमा बिस्वस्त रहेको बताउनु भयो ।
प्रमुख अतिथि ;रमेश भट्टराईले श्रम सङ्ग सृजना र सृजना सङ्ग श्रम जोड्दै सशक्त कविता बन्छ ,त्यसैगरी रसले पुर्णता पाएको कविता साइनो पाएको बताउनु भयो ।
सम्मानित ब्यक्तित्व प्रकाश समीर र साहित्यकार ;मोहन दुवालले नेपाली माटोको सुगन्ध बोकेको साइनोको सफलताको मन्तव्यमा साहित्यकार समाजको निस्पक्ष सम्बाद हुन ,सम्पन्न छु भन्नेलाई पनि चिर्न सक्नु विशेषता भएको बताउनु भयो ।
त्यसैगरि साइनोका प्रणेता ;डा .छायादत्त न्येउपानेले रास्टीय अन्तर्राष्ट्रिय भावना ,प्राज्ञिक भावना बोकेको वाङ्मयमा सम्पुर्ण सामाग्री पस्किन सके उच्च स्थान पाउन सक्नेमा बिस्वस्त छु ।२५ देशका १२० जनाले हिन्दी,जापानीज,थारु,फारसेली,वाजुरेली मातृभाषामा कविता लेख योगदानले बिस्वब्यापी गति लिएको रास्ट्रको सम्पत्ति साइनो पाएकोमा गर्वान्वित भएको जानकारी दिनुभएको छ।
अन्तमा डा . सीता सुवेदी पन्थीले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै
४ सय साइनोकार भएको सङ्ख्यात्मक २११ अंकमा प्रबेश,२०३५ सालदेखि निरन्तर भएको जानकारी गराइएको थियो ।


