थानकोट, चन्द्रागिरी — राजन थापा थानकोट–३ स्थित मंगलोदय माध्यमिक विद्यालयमा आयोजित २ दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलता साथ सम्पन्न भएको छ। “सडकदेखि सदनसम्म” भन्ने मूल नाराका साथ सामाजिक दायित्व निर्वाह गर्दै आएको ॐ समाज डेन्टल अस्पतालको आयोजना तथा विद्यालय प्रशासनको समन्वयमा शिविर सम्पन्न भएको हो। शिविरमा १५०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। सेवाको विस्तृत विवरण यसप्रकार छ:
७६१ जना विद्यार्थीको दन्त परीक्षण १२४ जनामा दाँत झिकाइ (extraction)
२० जनामा दाँत सफा (scaling)
चिकित्सक तथा व्यवस्थापन टोली:
डा. गौरी श्रेष्ठ
डा. सुदेसा अधिकारी
डा. हरिशंकर यादव
दन्त सहायक: जुनु पण्डित शिविर समन्वय: श्रीजू अधिकारी (प्रचार विभाग प्रमुख) नेतृत्व: अञ्जना खड्का (नैकाप शाखा प्रमुख)
शिविर अवधिभर विद्यालय प्राङ्गणमा विद्यार्थीहरूको लामबद्ध उपस्थिति देखिन्थ्यो। चिकित्सकहरूद्वारा मुख–स्वास्थ्य परीक्षणसँगै रोग पहिचान, प्रारम्भिक उपचार तथा सचेतना अभिवृद्धि गरिएको थियो। नैकाप शाखा प्रमुख अञ्जना खड्काले बताइन्: हामीले आर्थिक अभावका कारण कोही पनि उपचारबाट बञ्चित नहोस् भन्ने सोचका साथ समाजमै पुगेर सेवा दिइरहेका छौं। आगामी भदौ महिनामा १० भन्दा बढी अस्पतालहरूसँग MOU गरी ठूलो स्वास्थ्य शिविर सञ्चालनको तयारी भइरहेको छ।”
विद्यार्थीहरूलाई चिकित्सकद्वारा दन्त परीक्षण गरिँदै महिला स्वास्थ्यकर्मीहरूको सक्रियता विद्यालयका शिक्षक, व्यवस्थापन समिति र अस्पताल प्रतिनिधिबीच सामूहिक तस्बिर
पंक्तिबद्ध विद्यार्थीहरूको सहभागिता कार्यक्रमले विद्यालयस्तरमै स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै शिक्षा र स्वास्थ्यबीचको समन्वयलाई बलियो बनाएको छ। आयोजक पक्षले सम्पूर्ण सहभागीहरू, विद्यालय परिवार तथा स्वास्थ्यकर्मीहरूलाई आभार प्रकट गरेको छ।


