आर्थिक वर्ष २०८५/८३ बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाद्वारा वार्षिक स्वीकृत आन्तरिक कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनी टिलर (हाते ट्याक्टर) वितरण कार्यक्रम सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका प्राङ्गण, हात्तीगौडा काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख श्री मिठाराम अधिकारीले कृषकहरुलाई मिनी टिलर हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौलाको समेत उपस्थिती रहेको थियो। यस कार्यक्रमले कृषकहरुको श्रम, समय र लागत घटाई आधुनिक कृषि प्रणालीतर्फ प्रोत्साहन गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।


