आर्थिक सहयोगको अपिल: बिरामी बालकको उपचारका लागि सहयोग आवश्यक

खोटाङ जिल्ला लफ्याङ -५ धनकुमार मग्रातिको भानिज बिक्रम मग्रातिको छोरा घरमै खेल्दै गर्दा अचानक बिरामी परेका छन्।

उनी १४ गते बिहान मेटासिट सेवन गरेपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। तत्काल दिक्तेल अस्पताल लगिएको भए पनि उपचार सम्भव नभएको भन्दै काठमाण्डौको कान्तिबाल अस्पतालमा ल्याइएको थियो।

तर, त्यहाँ आईसियु सुविधा अभावमा भएको कारण त्रिपुरेश्वर ब्लूक्रस अस्पतालको आईसियुमा राखेर उपचार सुरु गरिएको छ।

अहिले बिरामीको स्वास्थ्य अवस्था गम्भीर छ र ३ दिनदेखि उपचार भइरहेको छ।
बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको कारण नेकपा (एमाले) खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चका उपसचिव भवानी लुईटेलको नेतृत्वमा आर्थिक संकलन गरेर उपचार अगाडि बढाइरहनु भएको छ।

डा. भानु श्रेष्ठका अनुसार सम्भावित उपचार खर्च ५०–५५ हजार रुपैयाँ अनुमान गरिएको छ, जसमा अस्पतालले केही छुट (डिस्काउन्ट) उपलब्ध गराएको छ।

भवानी लुईटेलले जानकारी दिनुभएको छ कि यसप्रकारका धेरै घटनामा नेकपा (एमाले) खोटाङ–काठमाण्डौ सम्पर्क समिति र उहाँको नेतृत्वमा आर्थिक संकलन गरी बिरामीको उपचारमा सहयोग गरिँदै छसामाजिक काममा निरनतर लाग्नुभएको छ भवानि लुईटेलले सबै सहयोगी तथा शुभेच्छुकसँग ७ वर्षीय बालकको उपचार र जीवन रक्षा गर्न आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ।
सहयोग गर्नको लागि सम्पर्क: +977 985-1179174
नेकपा(एमाले)खोटाङ-काठमाण्डौ सम्पर्क कमिटिका उपसचिव भवानि लुईटेल
फोन/WhatsApp +977 985-1179174