. “१०+२ मा पाँच संकाय, सीपमूलक तालिम र छात्रवृत्तिका साथ भाग्योदयले पायो लोकप्रियता”

भाग्योदय माध्यमिक विद्यालय काठमाडौ जिल्ला शंखरापुर नगरपालिका साँखुकै पुरानो ऐतिहासिक माध्यमिक बिधालय हो।

शिक्षा मानव जीवनको मूल आधार हो। शिक्षाले व्यक्ति, समाज, राष्ट्र र सम्पूर्ण मानव सभ्यताको रूपान्तरण गर्छ। नेपालको सन्दर्भमा, अझ विशेषगरी काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने साँखुजस्तो ऐतिहासिक र सांस्कृतिक नगरमा शिक्षा विस्तारका लागि स्थापित सामुदायिक विद्यालयहरूले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। तिनैमध्ये एउटा अग्रणी नाम हो – भाग्योदय माध्यमिक विद्यालय।

भाग्योदय माध्यमिक विद्यालय, २००७ सालमा स्थापना भएदेखि नै गुणस्तरीय शिक्षाको अग्रणी साँखु बजारमा रहेको छ।

विद्यालय केवल शिक्षण संस्था नभएर एउटा उज्यालो भविष्यको ढोका हो, जहाँ हजारौं विद्यार्थीहरूले आफ्ना सपना बुनिरहेका छन्। भाग्योदय विद्यालयले धेरै दशकदेखि गुणस्तरीय र सुलभ शिक्षाका माध्यमबाट शंखरापुर क्षेत्रको शैक्षिक, सामाजिक र नैतिक उत्थानमा ऐतिहासिक योगदान दिएको छ।

भाग्योदय विद्यालयको स्थापना भएको समय लामो भए जुन सपना थियो – आफ्नो गाउँ, समाज, नगरका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने। काठमाडौं उपत्यकामा शिक्षाको पहुँच बढ्दो थियो, तर साँखु क्षेत्रमा अझै शिक्षा सीमित थियो। यही अवस्थालाई बदल्ने दृढ अठोटले विद्यालयको जग बसालेको छ।

स्थापनाको प्रारम्भिक चरणमा विद्यालयसँग शैक्षिक पूर्वाधार सीमित थिए – सामान्य भवन, केही कक्षा कोठा, न्यून शिक्षक र न्यून स्रोतसाधन। तर विद्यालयप्रति स्थानीय समुदायको विश्वास, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताले यस संस्थालाई क्रमशः समृद्ध बनाउँदै लग्यो।

विद्यालयका प्रारम्भिक प्रेरकहरू – स्थानीय शिक्षाविद्, समाजसेवी, अभिभावक समूह र नगरपालिकाका अग्रजहरूको योगदान अत्यन्त प्रशंसनीय छ। उनीहरूले आर्थिक, भौतिक र नैतिक समर्थनबाट विद्यालयको जग बनाइदिए। शिक्षा मन्त्रालयबाट आवश्यक अनुमति लिएर कानुनी प्रक्रिया पूरा गरियो। स्थानीय समाजको समर्थन:स्थापनाकालदेखि नै भाग्योदय विद्यालयको विकासमा स्थानीय जनसमुदायको अटुट साथ रहँदै आएको छ। श्रमदान, स्वयंसेवी योगदान, अभिवाबक लगायतका कार्यक्रमको आयोजना मार्फत विद्यालयबाट बिधालय यो सबल अबस्थामा आए छ। प्रारम्भिक शैक्षिक वातावरण प्रारम्भिक वर्षहरूमा विद्यालयमा Nursery देखि कक्षा ५ सम्म पढाइ हुन्थ्यो। शिक्षणको स्तर, पाठ्यक्रम, पठनपाठनको तरिका सबै स्थानीय स्तरअनुसार व्यवस्थित थियो। शिक्षकहरू प्राय: स्वयंसेवकको रूपमा काम गर्थे, जसले विद्यालयको सञ्चालन खर्च न्यूनीकरणमा मद्दत गथ्र्यो।


माध्यमिक तहमा विस्तार (कक्षा ६–१०)

विद्यालयको सफलतापूर्वक सञ्चालनपछि स्थानीय समाजको माग अनुसार विद्यालयले क्रमशः कक्षा ६ देखि १० सम्मको विस्तार गर्‍यो। माध्यमिक तहमा विस्तार गर्नु भनेको विद्यालयको स्तर अभिवृद्धि गर्नु मात्र नभई विद्यार्थीहरूलाई एसईई (पूर्व एसएलसी) परीक्षा मार्फत राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गरायो ।

बिधलयको पाठ्यक्रम र विषय संरचना

कक्षा ६–१० सम्ममा राष्ट्रिय पाठ्यक्रम अनुसार अनिवार्य विषयहरू (नेपाली, गणित, विज्ञान, अंग्रेजी, सामाजिक, स्वास्थ्य) र वैकल्पिक विषयहरू पढाइ हुन्छ । प्रयोगात्मक पठनपाठनका लागि साधनहरूको अभाव हुँदाहुँदै पनि विद्यालयले व्यावहारिक शिक्षामा जोड दिन थालेको पाइन्छ।

शिक्षक–शिक्षिकाहरूको भूमिका

माध्यमिक तहका कक्षाहरू सञ्चालन गर्न योग्य शिक्षकहरू आवश्यक थिए। विद्यालयले क्रमशः प्रशिक्षित शिक्षकहरू शिक्षिका नियमित तालिम र अनुभव आदान–प्रदान कार्यक्रमहरू चलाइए, जसले शिक्षण–शिक्षण प्रक्रियामा नवीनता ल्यायो।

एसईई नतिजामा प्रगति

विद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थीहरूको संख्या हरेक वर्ष बढ्दै गयो। आरम्भमा सीमित विद्यार्थी परीक्षा दिन्थे, तर हालसम्म सयौं विद्यार्थी एसईईमा सहभागी हुँदै आएका छन्। नतिजा पनि सन्तोषजनक हुँदै, धेरै विद्यार्थीहरूले उच्चतम ग्रेड ल्याएर विद्यालयको प्रतिष्ठा बढाएका छन्।

भाग्योदय माध्यमिक विद्यालय शंखरापुर–६, साँखु, काठमाडौं पुरानो शैक्षिक शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गरेको छ। सो सस्थाले
विद्यार्थीहरू खेलकुद, नृत्य, नाटक, सामाजिक कार्य, सेमिनार, विभिन्न प्रतियोगिताहरूमा भाग लिने आनन्द लिन्छन् र संलग्न हुन्छन्। विभिन्न छात्रवृत्तिको ब्यावस्था भएको बिधालय स्वछ ,सफा पानी , गेटमा रुटको गाडी लाग्ने अनिभवी शिक्षा शिक्षिका हुनुहुन्छ ।

बिधालयले निम्न उद्देश्य लिएर अगाडि बडेको छ।
➤ राष्ट्रको सम्पत्ति बन्ने सक्षम, समर्पित, इमानदार, आदर्श र सम्मानित व्यक्तिहरू सिर्जना गर्ने

➤ विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने।

➤ सामाजिक परिवर्तनको एजेन्ट बन्ने।

➤ किफायती मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने।

………………………………………………………………………

बिधालय ब्यावस्थापन समिति अध्यक्ष मधु के. सिको आवान यस्तो छ।

“भाग्योदय विद्यालय स्तरको शिक्षामा अग्रणी रहेको छ। यो काठमाडौं जिल्लाको उत्तरपूर्वी भागमा रहेको शंखरापुर नगरपालिका वडा नम्बर ६, साँखुमा अवस्थित छ। हामी विद्यार्थीहरूलाई डाक्टर, इन्जिनियर, प्रबन्धक, वैज्ञानिक, बैंकर, सरकारी अधिकारी, शिक्षक, वकिल, सौन्दर्यकर्मी, फेसन डिजाइनर आदि जस्ता राष्ट्रको कुशल जनशक्ति बन्ने व्यक्तित्वको रूपमा उत्पादन गरेको छ। त्यसैले, म अभिभावक/विद्यार्थीहरूलाई १०+२ शिक्षाको लागि भाग्योदयमा भर्ना हुन अपील गर्दछु।”

मधु केसि

………………………………………………………………………

प्रधानाध्यापकको सन्देश यस्तो छ।

“विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा अध्ययनका लागि भाग्योदयमा सामेल हुनु भनेको इलाकाको उत्कृष्ट १०+२ स्कूलहरू मध्ये एकको हिस्सा हुनु हो। हाम्रो संकाय सहकारी, प्रतिबद्ध, सक्षम र परिणाममुखी छ। त्यसैले, म विद्यार्थीहरूलाई आफ्नो शैक्षिक सपनाहरू प्राप्त गर्न भाग्योदयमा भर्ना हुन अनुरोध गर्दछु।”
श्री रुशन बसि प्रिन्सिपल

………………………………………………………………………

सम्पर्क: ०१-४४५०७६९, इमेल: bhagyodayaschool2@gmail.com

शान्तिदिप रेग्मीको साथमा ढक बहादुर श्रेष्ठ