सुरेन्द्र ढकाल प्रतिष्ठानले अलकापुरी पुनर्स्थापना केन्द्र गोठाटारलाई गर्यो आर्थिक सहयोग

सुरेन्द्र ढकाल प्रतिष्ठानले अलकापुरी पुनरस्थापन केन्द्र गोठाटारमा अतिरिक्त भौतिक सुविधा निर्माणको लागि रु ९५५५० को आर्थिक सहयोग प्रदान गर्यो । उक्त रकमको चेक प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालबाट केन्द्रका उपाध्यक्ष सागर थापालाई हस्तान्तरण गरियो । उक्त केन्द्रमा हाल ३१ जना यूवाहरुको पुनरस्थापन कार्य भइरहेको जानकारी दिइयो ।
तस्विर सौजन्य :सुजित थापा