आज झापाको दमकमा एमालेले ठूलो जनसभा गर्दैछ। लोकतन्त्र, गणतन्त्र र संघीयताका पक्षमा जनजागरण गर्न सभा गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। सभा दिउँसो १२:३० बजेबाट सुरु हुनेछ।
सांस्कृतिक कार्यक्रम, र्याली र नेताहरूको भाषण रहनेछ। कोसी प्रदेशका विभिन्न जिल्लाबाट हजारौं कार्यकर्ता सहभागी भइरहेका छन्। आयोजकले एक लाख मानिस भेला हुने अपेक्षा गरेका छन्।



