अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति पुटिनसँग ४ घण्टा लामो छलफल गरे। भेटवार्ता युक्रेन युद्ध र सम्झौताको सम्भावनामा केन्द्रित थियो।
ट्रम्पले यो युद्ध कहिल्यै हुनु नपर्ने भन्दै बाइडेनको आलोचना गरेका छन्। उनले आफू राष्ट्रपति भएको भए युद्ध हुने नै थिएन भनेका छन्। पुटिन भने अहिलेसम्म युद्धविराममा सहमत भएका छैनन्। तर, रुसले अमेरिकासँग संवाद खुला रहेको संकेत दिएको छ।

