बूढानीलकण्ठ नगरपालिका, वडा न.८ स्थित गोल्फुटारमा अवस्थित एक आधुनिक सेमी इन्डोर बास्केटबल कोर्टको उद्घाटन समारोह भब्यतापूर्वक सम्पन्न भएको छ
बुढानिलकण्ठ मेयर मिठाराम अधिकारिले बूढानीलकण्ठ नगरपालिका, वडा न.८ स्थित गोल्फुटारमा अवस्थित एक आधुनिक सेमी इन्डोर बास्केटबल कोर्टको उद्घाटन गर्नु भयो।
। स्थानीय खेलाडीहरू, अधिकारीहरू तथा समुदायका बिभिन्न गणमान्य व्यक्तिहरूको उपस्थितिमा भएको यस कार्यक्रममा नयाँ कोर्टले क्षेत्रमा खेलकुद विशेषगरी बास्केटबलको विकासलाई गति दिने विश्वास गरिएको छ। उद्घाटन अवसरमा कोर्ट निर्माणमा सहयोग पुर्याउने सबै संलग्न पक्षहरूलाई धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ। यस कोर्टबाट स्थानीय युवा खेलाडीहरूको प्रतिभा र सिपको विकास हुने र देशभरिका प्रतियोगिताहरूमा सहभागिता जनाउन सक्ने अपेक्षा गरिएको छ। कार्यक्रममा उपमेयर , वडा अध्यक्षहरु वडा सदस्यहरु खेलाडी , पत्रकार , कलाकार लगायतको उपस्तिथि थियो।


