भेरी नदीमा फसेका चार जनाको उद्धार गरिएको छ



डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीया ललित बोहरा, २६ वर्षीया नन्द प्रसाद बोहरा, ३५ वर्षीया लाल कुमार बुढा र ३७ वर्षीया श्यामलाल बोहरा छन्।

साउन १३ गते बिहान दाउरा लिन गएका उहाँहरु नदीमा एक्कासी पानीको बहाव बढेपछि नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उहाँहरुको सकुशल उद्धार गरेको हो । 

उद्धार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उहाँहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।