एमाले केन्द्रीय कमिटी बैठक पार्टी प्यालेसमा सुरु

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको रामबाग पार्टी प्यालेसमा सुरु भएको छ।

विधान महाधिवेशन सकेको एमालेले अब एक बर्षअघि नै आगामी मंसिरमा ११औं महाधिवेशनको प्रस्ताव लैजान सक्ने बताइएको छ। बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् र त्यसमाथि केन्द्रीय सदस्यले तीन मिनेटमा धारणा राख्नुपर्ने बताइन्छ।