प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्।
मौसम विभागले विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरेकाले प्रधानमन्त्रीले नागरिकलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्। साथै, सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।


