लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ अन्तर गत टेम्पल गणेश ले शंखपार्कमा बाल तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं, असार १७, २०८२ (जुलाई १, २०२५) |

रिपोर्ट: राजन थापा

काठमाडौंको शंखपार्कमा आज एकदिने बाल तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना लायन्स क्लब अफ टेम्पल गणेश, काठमाडौं ले गरेको हो, जसमा ईशान महिला तथा बाल अस्पताल र ग्राण्डी अस्पताल को प्राविधिक सहयोग तथा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट 325-I को समन्वय थियो।
गभर्नरको थिम अनुसार कार्यक्रम
लायन्स क्लब अफ टेम्पल गणेश काठमाडौंकी २०२५/२०२६ की अध्यक्ष लायन तूषणा थापा ले जानकारी दिँदै भनिन्,
“डिस्ट्रीक्ट गभर्नर पार्वती खरेल पाण्डेको थिम अनुसार आज हामीले रक्तदान र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेका हौं।”
विशिष्ट अतिथिको गरिमामय उपस्थिति
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहनुभयो।
कार्यक्रममा ब्लड डोनेशन विभागका चिफ लायन पंकज जलान, डिस्ट्रीक्ट एडमिनिस्ट्रेटर लायन बिना थापा, र कान्ति बाल अस्पतालका पूर्व अध्यक्ष डा. बाबुराम गौतम सहित लायन्सका वरिष्ठ पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
साथै, डिस्ट्रीक्ट, एरिया, डिपार्टमेन्ट तथा जोन स्तरका अन्य पदाधिकारीहरू —
लायन अनिता थापा बिष्ट, लायन शान्ति केसी जोशी, लायन कमला गुरुङ प्रधान, लायन अप्सरा आचार्य, लायन सोनु लामा, तथा लायन सुमन खरेल शर्मा लगायतको उल्लेखनीय सहभागिता देखिएको थियो।
स्वास्थ्य सेवा ररक्तदानमा उल्लेखनीय योगदानशिविरमा ईशान अस्पतालका विशेषज्ञ चिकित्सकहरू तथा ग्राण्डी अस्पतालका स्वास्थ्यकर्मीहरूबाट बाल तथा स्त्री रोग सम्बन्धी परीक्षण गरिएको थियो।
साथै, “रक्तदान जीवनदान” भन्ने नारासहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा थुप्रै स्वयंसेवकहरूले सक्रिय रूपमा रक्तदान गरेका थिए।