काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपान गर्ने र अन्य नियम उल्लंघन गर्नेहरूलाई कडा जरिवाना गर्ने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि पारित आर्थिक विधेयकअनुसार, सार्वजनिक स्थलमा धूम्रपान गर्ने प्रत्येक व्यक्तिलाई प्रति पटक पाँच सय रुपैयाँ जरिवाना हुनेछ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, सार्वजनिक स्थलमा धूम्रपान गर्दा समेत जनगुनासा बढेपछि यस्तो कडा कदम उठाइएको हो। निजी सम्पत्ति बाहेक सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा निषेध गरिएको छ।


