कपन बहुमुखी क्याम्पसमा “उच्च शिक्षामा उधमशिलता” परियोजना उद्घाटन


बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पसमा “उच्च शिक्षामा उधमशिलता” परियोजना उद्घाटन भएको छ।

विश्वविद्यालय अनुदान आयोगको अनुदानमा संचालन हुने सो परियोजनाका लागि कपन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुका साथै तालिम संचालनको तयारी गरिएको क्याम्पस प्रमुख भुमिदत्त पौडेलले जानकारी दिएका छन।

विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको कपन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई ४८ घन्टे तालिम संचालन पस्चात परियोजनाको तयारी र प्रस्तुतीकरण हुने जानकारी दिदै प्रमुख पौडेलले यसका लागि पाठयक्रम समेत निर्माण भैसकेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेको सो परियोजनामा क्याम्पसका विद्यार्थीहरुबाट उत्कृस्ट योजना छनौट गरेर अनुदान आयोगमा प्रस्तुत गरिनेछ। जसमा परियोजनाको प्रकृति हेरेर आयोगले ४० लाख सम्मको अनुदान बिना ब्याज प्रदान गरिनेछ।

क्याम्पसका कार्यकारी उपाध्यक्ष प्राडा कमल गौतमको अध्यक्षतामा भएको  सो परियोजनाको उद्घाटन शत्रमा  नगर उपप्रमुख अनिता लामा, पुर्व उपप्रमुख रमा राई, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो।

उक्त उदघाटन कार्यक्रममा CA मोना पोखरेल, Motivational Speaker  अशोक दाहाल र प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए।

सो अबसरमा CA मोना पोखरेलले नेपाल लगानी र उधमका लागि नविन र मलिलो स्थान रहेकोले त्यसमा अवसर खोज्नु पर्नेमा जोड दिदै विदेसिने क्रम रोक्नुपर्नेमा जोड दिएकी थिइन्।