काठमाडौं —सुरेन्द्र ढकाल प्रतिष्ठानको १२ औं साधारण सभा तथा १३ औ र्वािर्षक उत्सव सम्पन्न भएको छ । प्रतिष्ठानको एक वर्षसम्म आफूले गरेका कार्यक्रमहरु खर्चसहित विवरणसमेत कार्यक्रममा सार्वजनिक गरेको हो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रतिष्ठानद्धारा सम्पन्न कार्यविवरण प्रस्तुत गर्नुभएको थियो । कार्यविवरण प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले आफू बाचुन्जेल आफ्नो सबै सम्पत्ति समाजका लागि राष्ट्रका लागि खर्चिने र आफ्नो लागि ऐस आराम र त परको कुरा महंगा होटेलमा गएर एकछाक खाना सेट खाँदा पनि गरिब दुखीको अवस्था आखामा झलझली आउने गरेको बताउनु भयो । अरुको आफ्नै दर सन्तानका लागि सात पुस्तालाई पुग्नेगरी सम्पत्ति थुपार्ने गरेको तर आफू समाजका लागि दिनदुखीहरुका लागि र आफैले कमाएको बाट देश विकास होस् भन्ने उद्देश्यबाट आफूले काम गरिरहेको बताउनु भयो ।

प्रतिष्ठानले विशेषगरी जोखिममा रहेका महिला बालबालिकाहरुको क्षेत्रमा काम गर्नुका साथै करिब २६ वटा महिला समूहलाई एक दिने झोलमल उत्पादन तालिम पनि दिएको विवरण कार्यक्रममा प्रस्तुत भएको थियो । कार्यक्रममा संस्थाका मानार्थ सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा प्रतिष्ठानले गरेका कामहरुको चर्चा भएको थियो । निस्वार्थ रुपमा समाजका लागि केही परिवर्तन गरौं भन्ने मनसायबाट प्रतिष्ठानका अध्यक्ष ढकालले आफ्नो सबै सम्पत्ति ट्रष्टमा राखेर सामाजिक काम गरिरहेको चर्चा भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी नेपाल सरकारका पूर्व सचिवहरु संघ संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो सहभागिता रहेको थियो । प्रतिष्ठानले संस्थामा आवद्ध भएका केही मानार्थ सदस्यहहरुलाई प्रमाणपत्र वितरण समेत गरेको थियो । रु १०००० तिरेपछि मानार्थ सदस्य प्राप्त गर्न सकिने र सामाजिक अभियानमा जोडिन सकिने अध्यक्ष ढकालको भनाई थियो ।


