धृतराष्ट्रको पश्चात्ताप : सही मार्ग निर्देशन गर्न नसकेकोमा

२०८२/०८/०२

महाभारतको युध्दका मुख्य पात्र मध्येका एक पात्र र समयले राजगद्दीमा रहेका धृतराष्ट्र जसले जीवनभर सामर्थ्य, प्रेम र अधिकार पाएका भए पनि सही निर्णय र असल मार्गदर्शन आफ्नो सन्तानलाई दिन नसक्दा अन्ततः विनाशको पीडा सहनुपर्‍यो। उनका सय छोरामध्ये दुर्योधन अग्रज थिए र ध्युत क्रिडामा दुर्योधन बलवान, बुद्धिमान तर अहंकार र ईर्ष्याले ग्रसित लाई द्रौपदीको वस्त्रहरड रोक्न नलगाएकोले बाबुको अन्धो माया र गलत समर्थनले दुर्योधनको स्वभाव झन् कठोर बन्दै गयो।
धृतराष्ट्रले बारम्बार आफ्नो छोरालाई रोके, चेताए भन्ने देखिए पनि वास्तवमा उनले कुनै कठोर निर्णय लिएनन्, जसले दुर्योधनलाई “मैले जे गरे पनि हुन्छ” भन्ने गलत आत्मविश्वास बढ्यो। मामा सकुनिको छल र कुटिलताको कारणले अन्ततः कौरव वंशको पूर्ण विनाश गरायो। महाभारतको युद्धपछि धृतराष्ट्रले थुरुथुरु रूँदै भनेका थिए— “यदि मैले छोरालाई समयमै रोकिदिएको भए आज मेरो वंश बच्थ्यो। मृत्यु पश्चात पिण्डदान गर्ने र वंशज पनि चल्ने थियो। ” भन्ने सोच पलाएको थियो। त्यसैले सन्तान मोहमा पर्नु अन्तमा विनास नै हो।

गुरु द्रोणाचार्य पनि अस्वस्थ्यामा प्रतिको मोहले हतियार छोड्नु पर्यो जुन कारण मृत्युवरण गर्नुपर्यो। त्यसैले प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई प्रेम गर्नुपर्छ, वात्सल्य दिनुपर्छ तर मोहमा डुब्नु हुँदैन्। यदि कसैले त्यो मार्ग समात्छ भने त्यो अधर्मको मार्ग हो। प्रत्येक सन्तानले आफ्नो आमा बाबुलाई बुझ्न सक्नुपर्छ, कसरी चलेका छन् , के गर्दैछन् भन्ने कुरा सबैले बुझ्नुपर्छ। जसले गर्दा उनीहरुको जीवनमा जटिलता आउन सक्छ तर सफलताले भने उनीहरुलाई पिछा गरेको हुन्छ। यसको दृष्टान्तको रुपमा पाँच पाण्डवलाई लिन सकिन्छ।

धृतराष्ट्रले १०० छोराहरुको भिमले गरेको हत्याको परिणाम द्युत क्रिडा भएको ठम्माइ रह्यो तर पनि उनी भित्र भिम प्रतिको ego मरेको थिएन। त्यसैले उनले पाँच पाण्डवलाई दरबारमा बोलाएको बेलामा आफ्ना मरेका १०० छोराको अनुभूति गर्नको लागि उनीसँग अंकमाल गर्ने भनेपछि भिम अगाडि सरेको बेला कृष्ण भगवानले उनको छलको पूर्वानुमान गरी मार्ने लक्ष्य राखेकोले मुर्तिलाई अँकमाल गर्न दिइयो जसलाई उनले चकनाचुर पारिदिए र उनले सोचे भिमको हत्या गरे भने भन्दै आफ्नो पाण्डुप्रति क्षेमा माग्दै गर्दा भगवान कृष्णले अहिले माफ माग रहनु पर्दैन किनकि भुमिलाई केही भएको छैन। तपाईंले आँगलन गरेको त मुर्ति हो भनेपछि उनी झस्किएका थिए। जसले सही कार्य गर्छ उसको जटिलतामा भगवानले साथ दिन्छ। त्यसैले प्रत्येक अभिभावक वा बाबा आमाले आफ्नो सन्तानलाई सही समयमा उचित कार्यको लागि उत्प्रेरक बन्न सिकाउन पर्छ। अन्यथा अन्तमा सन्तान र बाबा आमा सबै पछुताउन पर्छ, धृतराष्ट्रले झैं।
बालबालिका कोमल माटो जस्तै हुन्छन्—जसलाई जसरी गढियो, त्यसरी ढल्छन् र समयमै दिएको मार्गदर्शन, अनुशासन र मूल्य–शिक्षाले उनीहरुको भविष्य उज्यालो बनाउँछ। तर अन्धो माया, गल्ती ढाकछोप र गलत क्रियाकलापमा मौन समर्थन विनाशको बीउ बन्छ नै। अनि अन्तमा पछुताउन बाहेक साथमा केही रहदैन्।

घरमा छोराछोरी झगडा गर्छन् तर अभिभावक “साना हुन्, हुर्किएपछि बुझ्छन्” भन्दै वास्ता गर्दैनन्। यही अवहेलनाले उनीहरूको स्वभाव बिग्रँदै जान्छ‌ र उनीहरु समाल्न नसक्ने बन्न पुग्छन्। बालबालिकालाई पिटेर होइन मुस्कानले जित्नुपर्छ।
कतिपय अभिभावकले बच्चाले गरेको गल्ती विद्यालय, छिमेकी वा साथीभाइले देखाएर सम्झाउँदा नै उल्टै उनीहरुको बचाउ गर्छन । यसरी गलत कार्यको समर्थन गर्दा बच्चाले गलत र सहीको भेद नै बुझ्दैन र उ अन्तमा सामर्थ्य भएर पनि गलत मार्गमा दुर्योधन झैं लागिपर्छन्।

प्रत्येक राष्ट्रमा अपराध, दुव्र्यसन, हिंसा, अनुशासनहीनता बढ्दै जानु पनि यही असजगताको परिणाम हो। घरको जग बलियो नभए किल्ला कतै उभिँदैन। भन्ने हेक्का सबैले राख्नुपर्छ।

महाभारतको कथा एक पुराण मात्र नभएर हाम्रै जीवनको दर्पण हो।समयमै चेताउने, गल्तीमा रोक्ने, आवश्यक पर्दा कठोर बन्ने, र सही मूल्य–मान्यताद्वारा नवनिर्माण गर्ने क्षमता हरेक अभिभावकमा हुनुपर्छ जसले गर्दा अन्तमा सफलता हासिल गर्छ। महाभारतको युद्धको अन्तमा दुर्योधन र भुमिको बीचमा गदा युध्द हुँदै गर्दा भुमिको गधा खस्छ, उनी निशस्त्र हुन्छन् तर पनि दुर्योधनले उनीमाथि आक्रमण गर्न छोड्दैन। अन्तमा आत्मरक्षाको लागि भिमले दुर्योधनको साइप्रसका प्रहार गरी उसको हत्या गरिदिन्छन्। त्यही बेलामा बेलामा गधायुदको नियम भिमले नमानेको भनेर उनलाई हत्या गर्न खोज्दा नियमको उल्लङ्घन स्वयं दुर्योधनले गरेको र दुर्योधनले भुमिको हत्या पश्चात अरु ४ पाण्डवको हत्या गरी पुन राजसभामा द्रौपदीलाई उसको समाप्तिमा राखी नङ्ग्न पार्छु भन्नु अधर्मको मार्ग हो र भिमको कार्य आत्मरक्षाको हो भनी बलरामको प्रहारबाट भिमलाई बताउनुभएको थियो। त्यसैले आजको आवश्यकता सही मार्गनिर्देशन नै हो।

सबैले बुझ्नुपर्छ: एउटा बालकलाई बचाउनु भनेको भविष्यका सयौं सम्भावनालाई बचाउनु हो र गलत मार्गमा लाग्दा पनि अंकुश नलगाउनु सन्तान मोह हुनसक्छ जसले गलत कार्य गर्न उत्प्रेरणा दिइरहन्छ। गलत मार्गमा हिंडिरहेको बालबालिकालाई आँखा चिम्लेर हेरेर बस्नु भनेको धृतराष्ट्रकै गल्ति दोहोर्याउनु हो, जसको परिणाम विनाश बाहेक अरू केही हुँदैन भन्ने कुराप्रति सजग हुँदै असल मार्गमा हिडाउन लागि परिरहनुपर्छ।
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल काठमाडौं