पशुपति मित्र माद्यमिक विद्यालयमा मेरो अनुभव
२०६२/०५/१२ – २०८२/०५/१८ सम्म
- मेरो बुझाई थियो र छ: शिक्षक सवैको साझा व्यक्ति र उसको आवाज आवाज बिहिनको लागि पनि हुनुपर्छ।
- मैले विद्यालय र यस पेशामा हुँदै गर्दा सदैव गुटबन्दीको विरोध गर्दै एकताको भाव बोलिरहें।- मलाई थाहा छ एकतामा शक्ति हुन्छ र गुटबन्दीमा विनास।
- म यस विद्यालयमा रहँदा अँग्रेजी विषय प्रमुख र विद्यालयको निमित्त प्रधानाध्यापकको रुपमा २ पटक कार्य गरे।
- मेरो आगमन विद्यालयमा यस विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र लेखापाललाई अख्तियार दुरुपयोग निवारण आयोगले ३२ महिनासम्म निलम्बन गर्यो । त्यही समयमा म शिक्षा नियमावलीको वरिष्ठतम शिक्षकले विद्यालयको निमित्त प्रधानाध्यापक हुने व्यवस्था भए बमोजिम म निमित्त प्रधानाध्यापकको रुपमा कार्य गरे।
- अगाडिका प्रधानाध्यापकले विद्यालयले दिने गरेको प्रधानाध्यापक भत्ता नलिएको।
- म निमित्त प्रधानाध्यापकको रुपमा कार्य सुरु गरेको केही समयमा यसै विद्यालयमा कार्यरत शिक्षकहरुले मलाई एक दिनको शनिबारको दिनमा विद्यालयमा बोलाइ सहायक प्रधानाध्यापक बनाउनको लागि आग्रह गर्नुभयो। सहायक प्रधानाध्यापक शिक्षा ऐन र नियमावलीमा नभएकोले मैले त्यो कुरालाई अस्वीकार गरी मैले त्यस विद्यालयमा नयाँ सोचको विकास गर्ने सोच निकाले । त्यसपछि मैले कक्षा इसिडि देखि ५ सम्मको १ तहगत संयोजक, कक्षा ६,७ र ८ को १ जना संयोजक, कक्षा ९र१० को १ जना र कक्षा ११ र १२ को पहिला देखि नै भएको संयोजकलाई मैले स्वीकार गरी समग्र शिक्षक साथीहरुको सहयोगमा विद्यालय संचालन गरे। संयोजक हुनासाथ प्रशासनिक कार्य भएकोले मैले शिक्षक बैठक राखी साथीहरुलाई प्रत्येक तहमा रहेका सिनियर शिक्षकले चाहेमा उहाँ हुन सक्ने र नचाहेको अवस्थामा दोस्रो जो बरिष्ठ शिक्षक हुनुहुन्थ्यो उहाँ हुन सक्नुहुन्छ भनी त्यही अनुसार विद्यालय संचालन गरियो। पछाडि गएर शिक्षा विभाग काठमाडौंले बरिष्ठ शिक्षकलाई सहायक प्रधानाध्यापक बनाइ उहाँलाई सुचना अधिकृत बनाउनको लागि सूचना प्रवाह गरेकोले मैले श्रीधर पौडेल सर बरिष्ठ शिक्षक भएकोले मैले उहाँको नाम शिक्षा विभागमा पठाएँ। उहाँले विद्यालय हितको लागि कहि कतै गुटबन्दीको नगरी एकोहोरो शैक्षिक अवस्था सुधार गर्नुपर्छ भनेर लागिरहनु भयो। समयको पनि कुनै वास्ता नगरी विद्यालय समय अगावै विद्यालयमा उपस्थित हुनुभयो र विद्यालय समय पछि पनि कुनै अतिरिक्त पारिश्रमिक नलिईकन विद्यालयमा कार्य गर्नुभयो। त्यसैले उहाँलाई मैले एक असल शिक्षकको रुपमा मन मस्तिष्कमा बसेको शिक्षक पाएको छु। उहाँको सोचमा अनुशासन नभएको विद्यार्थी भएमा विद्यालय प्रगति गर्न सक्दैन भन्ने नै थियो। त्यसैमा उहाँ लागिरहनु भयो।
- यस विद्यालयको लेखापाल निलम्बनमा परेकोले यसै विद्यालयका लेखा शिक्षक श्री प्रतिष्ठा क्षेत्री केसी र एक कुमारी श्रेष्ठले विद्यालयको पठनपाठन समेत गरी लेखाका सम्पूर्ण कार्यहरु विना अतिरिक्त पारिश्रमिक विद्यालयमा कार्य गर्नुभयो। उहाँहरुप्रति म पूर्ण रुपमा आभारी छु र भैहने छु ।
- कक्षा ११ र १२ का संयोजक श्री श्याम खड्काले आफ्नो जिम्मेवारी पुराका पुरा रुपमा गर्नुभएको थियो। त्यसैले म उहाँ प्रति पनि आभार व्यक्त गर्न चाहन्छु र पछाडि गएर उहाँको मोटरसाइकल दुर्घटना परी उक्त पदबाट राजिनामा दिनुभयो र पछाडि गएर उत्तम प्रसाद पन्तले उक्त कार्यभार सम्हाल्नुभएको छ र उहाँले पनि आफुले जाने अनुसार कार्य गरी सहयोग पुर्याउनुभएको छ। त्यसैले दुबै जना मेरा सहयात्री मित्रहरु प्रति आभारी छु।
- म भन्दा अगाडि निमित्त प्रधानाध्यापकको रुपमा कार्यरत विज्ञान शिक्षक श्री मिना कुमारी श्रेष्ठ म्याम मेरो नजर र मुल्याङ्कनमा उहाँ सदैव श्रेष्ठ नै रहनु भयो। यस विद्यालयमा शिक्षक संख्या पुग्ने भए पनि गणित , विज्ञान र अँग्रेजी भाषाका शिक्षकले अरुले भन्दा बढि कक्षा लिनुपर्दा पनि कहिल्यै पनि मेरो कक्षा बढि भयो यो कक्षा मिलाइदिनुपर्यो भनेर कहिल्यै पनि भन्नु भएन र एक निष्ठावान असल शिक्षकको रुपमा मैले उहाँको नाम लिनुपर्छ।
- नेपाली विषयका शिक्षकहरु क्रमश साबित्रा मरासिनी, मुना गौतम, केशवराज काफ्ले र प्रमिला ढुंगेल म्यामले विद्यालयको हित र विद्यार्थीको आचरणमा केन्द्रित हुँदै आफ्नो विषयमा राम्रो नतिजा दिन सक्ने शिक्षकको रुपमा मैले बुझे। त्यसमा हजुरहरुलाई नमन।
- अँग्रेजी विषयका शिक्षकहरु श्रीधर पौडेल,अर्चना वस्ती, निर्मला बढू विद्यार्थीको प्रिय र इमान्दार , श्याम खड्का सदैव आफ्नो जिम्मेवारी पूरा गर्ने र दिइएको जिम्मेवारी पुरा गर्नको लागि सदैव तत्पर रहने शिक्षकको रुपमा मैले लिएको छु। त्यसैले म हजुरहरु प्रति आभारी छु।
- विज्ञान शिक्षक मिना श्रेष्ठ, नारायण प्रसाद न्यौपाने ,युवराज आचार्य, विकास भण्डारी, मणिराज दाहाल र मेघराज चौलागाईं सर प्रत्येक शिक्षक कसरी नतिजा वृद्धि गर्न सकिन्छ भनि लाग्ने शिक्षकको रूपमा लिएको छु भने यस विद्यालयबाट गिता मातामा काज सरुवा भइ जानुभएका न्यौपाने सर प्रशासन ज्ञान भएका र सामाजिक लेखा परीक्षण गरिदिने , प्राविधिक धारका शिक्षक युवराज आचार्य र आधारभूत तहका संयोजक विकास भण्डारीले त अभिभावकसँग सम्पर्क गर्दै विद्यार्थीको बारेमा समेत रिपोट तयार गर्ने र्अनि मणिराज दाहाल जुनसुकै विषयको पठनपाठन तयार रहने शिक्षकको रुपमा लिदैँ उहाँहरू उच्चकोटिको शिक्षकको रुपमा पाएको छु।
- गणित विषयका शिक्षकहरु क्रमश वासुदेव दवाडी भर्खरै मात्र सिध्देश्वर माविका प्रधानाध्यापक, उत्तम प्रसाद पन्त दुबै जना गणित विषयका प्रशिक्षक अनि सुमित्रा धिताल खनिया म्याम सदैव विद्यार्थीसँग हराउन खोज्ने शिक्षकको रूपमा मैले अनुभुति गरेको छु।
सामाजिक विषयका शिक्षक बिन्दु भण्डारी म्याम योग ध्यानको माध्यमबाट विद्यार्थीलाई शिक्षा दिने , कालिका शिवाकोटी म्याम आफ्नो जिम्मेवारी जसरी पनि पुरा गर्नुपर्छ भन्ने र अतिरिक्त क्रियाकलापको संयोजकको भुमिका समेत राम्रोसँग निर्वाह गर्ने, भेषराज पौडेल पुराना कुराहरु नयाँसँग जोड्न सक्ने , आरती आचार्य म्याम विद्यार्थीको सुक्ष्म अध्ययन गर्ने र पुरस्कारको व्यवस्थापन सजिलै गरिदिने शिक्षक, अन्जना अर्याल म्याम जुनसुकै विषय दिदा पनि अध्यापनको लागि तयार हुने र हुन्न भन्न नसक्ने शिक्षक, दलबहादुर बिक सर हातमा बहु सिप भएको र विद्यार्थीलाई माया गर्ने शिक्षकको रूपमा मैले मनमा राखेको छु। - जनसंख्या तथा स्वास्थ्यका शिक्षक सबी कोइराला, शिक्षक सेवा आयोगबाट नाम निकालेर आएपनि अदालतमा मुद्दा खेपिरहेका पिडित शिक्षक तर पेशा प्रति इमान्दार भइ दिएको जिम्मेवारी पुरा गर्ने शिक्षक। उहाँ विद्यालयमा विद्यालय नर्स नहुँदा छात्रा विद्यार्थीको लागि स्यानिटरी प्याड वितरण तथा अन्य स्वास्थ्य सम्बन्धि कार्यहरू गहनाका साथ जिम्मा पुरा गर्ने शिक्षक।
- प्राविधिक धारका शिक्षकहरु क्रमशः पवन घिमिरे, छत्र जोरा, कुमार मगराती ,करिस्मा रेग्मी, बसन्त बोलाएर, सन्तोष बिक सबै मिलेर कसरी प्राविधीक धारलाई मजबुत पार्न सकिन्छ भनी लागि परिरहनु भएको छ। सबै शिक्षक/ प्रशिक्षकहरु प्रसंशाका पात्र नै हुनुहुन्छ। उहाँहरुको विद्यालय प्रति र विद्यार्थी प्रति गरेको प्रेमलाई मेरो अन्तरमनले उच्च मुल्याङ्कन गरेको छ।
- सहायक प्रधानाध्यापक भरत बिसी मेरो स्नातक सँगै पढ्दाको साथिको साथलाई त म कसरी भुल्न सक्छु र उहाँ प्रति व्यक्तगर्ने शव्द नै छैनन् मसँग।
- आशिका अधिकारी म्याम विद्यार्थी असफल हुँदा आँफै असफल भएको सोच्ने, देबेन्द्र प्रसाद कोइराला मिठो बोली र बाहिर समाजसँग हेलमेल गरी विद्यालयको अस्तित्व जोगाउनको प्रयत्न गर्ने शिक्षक तथा आधारभूत तहको इसिडी – ५ संयोजक, मनिता कर्मचार्य मिठो स्वरको धनी, विद्यार्थीसँग केही नहुँदा किनेर आवश्यकता पूर्ति गरिदिने, बिना नेपाली आफ्नो विषयभन्दा बाहिर गएर पनि अध्यापन गराइ नतिजा सुधार गर्न सक्ने शिक्षक, मसान्ती नेपाली राम्रा अक्षर, नृत्यमा सिपालु र विद्यार्थीको राम्रो नतिजा ल्याउन प्रयत्न गर्ने शिक्षक, कल्याणी शर्मा विद्यार्थीलाई माया गर्ने, जुनसुकै जिम्मेवारी पनि बहन गर्न सक्ने विद्यालय प्रेमी शिक्षक, चन्द्रकला पराजुली कहिल्यै कसैको गुनासो नगरी असल शिक्षक हुन प्रयत्न गरिरहने जिज्ञासाले भरिएको शिक्षक, हेमकुमारी सुवेदी माथिल्लो योग्यता भएकी र साना बालविकासका बच्चासँग मन,वचन र कर्मले समर्पित , सारदा दङ्गाल म्याम भर्खरै विद्यालय छिरेको हुँदा विद्यार्थीलाई सिकाउने हुटहुटी भएको बालविकास सहजकर्ता, रुक्मा पौडेल बालविकास आयाको रुपमा रही विद्यालयको सरसफाईमा लागिरहने , त्यस्तै आदरणीय दाइ हितबहादुर समाललाई त विद्यालयको अभिभावकको रुपमा पाएको छु भने नवराज बानियाँ आफ्नो लिएको जिम्मेवारी पुरा गर्ने अनि भाइ राजेन्द्र देउला हाँसिदिने शिक्षक पछाडि हट्दा पनि आफ्नो ज्यानको पर्वाह नगरिकन विद्यार्थिको संरक्षण गर्न र सरसफाईमा लागिपर्ने एक सच्चा विद्यालय सेवकको रूपमा पाएको छु।
त्यस्तै गरी सन्तोषी थपलिया लेखालाई चुस्त दुरुस्त राख्नको लागि तयार र कम्प्युटर प्राविधिकको रुपमा सुजित कर्माचार्यले कार्य गरिरहेको पाएको छु। नेपाल भाषाका शिक्षक क्रमशः देव आनन्द महर्जन नेपाल भाषा विज्ञ, पुण्य कुमारी शाक्य सदैव विद्यार्थी केन्द्रित हुँदै कहिँ न कहिँ विद्यार्थीलाई नयाँ कुरा सिकाउन तयार हुने र अर्को भाषा प्रशिक्षक नाम अनुसारको काम गर्ने ज्योति महर्जन नेपाल भाषा बाहेक अँग्रेजी , नृत्य र योगा सिकाउने दक्षता राख्ने शिक्षकको रुपमा पाएको छु।
म विद्यालयको नेतृत्वमा रहँदा भएका कार्यहरु:
१. पुरानो भवन भत्काएर नयाँ दुइवटा भवनको ADB को सहयोगमा निर्माण।
२. पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलमा कार्यरत सम्पूर्ण शिक्षकलाई विद्यालयको तर्फबाट एक ल्यापटप उपलब्ध गराएको
३. Covid को समयमा विद्यालयको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक सबैले लिने गरेको भत्ता कटौती गर्दै ९ जना निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई निस्कासन (सम्बन्धित व्यक्तिको लागि दुखद विद्यालको लागि सुखद)
४. शिक्षक कर्मचारीलाई निस्कासन गर्दा ५ वर्ष सम्म काम गरेकोलाई १ महिना , १० वर्ष सम्म काम गरेकोलाई २ महिना त १० वर्ष भन्दा बढी कार्य गरेका शिक्षक कर्मचारीलाई ३ महिना बराबरको रकम उपादानको रुपमा दिलाई निस्कासन गरिएको थियो।
५. विद्यालयले उपलब्ध गराउने प्रधानाध्यापक भत्ता नलिएको।
६. जो पहिला विद्यालय छिर्छ उसले पढ्ने अवसर पाउने व्यवस्था गरेको।
७. आत्महत्या गर्छु भन्दै बाबा आमालाई भन्ने, मोटरसाइकल चोरी, गलत आचरण भएका विद्यार्थीलाई विद्यालयमा राखी एसइइमा सफलता गराउन सफल भएको।
८. प्राविधिक धार कक्षा ९-१२ सन्चालन गरिएको।
९.विद्यालयको आकर्षक पर्खाल निर्माण, सरस्वती मन्दिरको निर्माण दुई वटा शौचालय भवन निर्माण, तिनबटै भवनको छतमा २०८३ सम्ममा उक्त कार्य गरिसक्ने गरी विद्यालयको infrastructure audit, सम्पन्न भएको।
१०. विद्यालयको क्षेत्रभित्र cctv क्यामरा जडान गरिएको।
११. कक्षा कोठा व्यवस्थापन पछाडि कक्षा ११ र १२ को विज्ञान विषय सन्चालन गर्ने लक्ष्य SIP मा समावेश गरेको।
१२ पशुपति मित्र माध्यमिक विद्यालयले सत्यको लागि बोल्न सिकायो।
१३. छल, कोटमा गरिएका प्राप्तिले मानिसलाई पद दिएला तर निद्रा दिदैन।
१४. मलाई असहज भएको समयमा सबैले खराब भनेको बच्चाले गरेको प्रगति र सफलतालाई सम्झदा सबै पिडाहरुबाट मुक्त भइ ओठमा मुस्कान ल्याउन सकिन्छ भन्ने।
१५. कमजोर मानिसहरु अरुको चाकडीमा लाग्छन् र सदैव द्वैध चरित्रमा जिएका हुन्छन्।
१६. शिक्षकले चुक्न र झुक्न हुँदैन तर सदैव आदर चाहिँ गर्नुपर्छ यद्यपि कसैले उसको पाइला पाइलामा विरोध गर्छ भने पनि।
१७. अधिकारको कुरा गर्ने, नेता हुँ भन्नेले नेता हुनको लागि चाहिने ज्ञान भएन भने उ अरुको गुलामीको लागि मात्र ठिक हुन्छ।
१८. नुनको सोझो नगर्ने र छेपारो निती अँगाल्ने व्यक्तिलाई क्षेणिक लाभ भए पनि उ पश्चतापमा डुब्नुपर्छ।
१९. पदको आशक्ति नभएपछि कर्तव्य बोधले सधैं सय मार्गमा हिड्नुपर्छ, गलत बाटो अँगालेका भाइबहिनीहरुलाई माया, प्रेम र मुस्कानले सकरात्मक बनाइ सही मार्गमा हिडाउन सकिन्छ भन्ने प्रयोगशाला बन्यो मेरो लागि पशुपति मित्र माद्यमिक विद्यालय।
विद्यालयमा देखिएको असहजता:
१.कामपा वडा नं ७ ले निर्णय कार्यान्वयन गर भनी विद्यालयमा मित्र मण्डल बनाउनको लागि पत्राचार गरेको तर विद्यालयको नेतृत्वमा रहेको व्यक्ति भएकोले केका लागि हो भनी कामपा वडा नं ७ लाई पत्राचार गरेको र विद्यालयको आँगनमा उक्त भवन बनाउन दिने कि नदिने भनी शिक्षा विभाग काठमाडौलाई पत्राचार गरेको।
२. दुबै निकायबाट विद्यालयमा जवाफ लिखित जवाफ नआएको।
३. विद्यालय व्यवस्थापन समितिले पछाडि उक्त मित्र मण्डल बनाउनको लागि अनुमति तलका सर्तनामा पुरा गर्ने गरी निर्माण गर्न दिने भनी पत्राचार गरिएको।
क. विद्यालयले स्थान उपलब्ध गराउने।
ख. उक्त भवनको निर्माणको जिम्मा कामपा वडा नं ७ ले नै लिने।
ग. निर्माणको शिलसिलामा केही विग्रिएको अवस्थामा त्यसको निर्माण वडा के नै गरिदिने।
घ. निर्माण पश्चात उक्त भवन विद्यालयलाई हस्तान्तरण गर्ने।
ङ. भवनको रेखदेखको लागि कामपा वडा नं ७ ले वार्षिक रुपमा अनुदान उपलब्ध गराउने।
केही झुण्ड शिक्षकको मागको सुनुवाई नगरेको
३२ महिना पछाडि निलम्बन फुकुवा भएर प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र लेखापाल विद्यालयमा आएपछि २ जना व्यक्तिलाई सहायक प्रधानाध्यापक बनाएमा उनीहरुलाई पदमा बस्न नदिने भनी गरिएको कुरा मेरो लागि न्यायपूर्ण लागेन र त्यसलाई स्वीकार गरी पदमा आसिन हुन चाहिन र साथीहरु आएपछि पदभार हस्तान्तरण गरेको ।
१. मलाई लाग्ने गर्छ: शिक्षक सबै भन्दा मर्यादित पेशा हो यसको मर्यादा शिक्षकले राख्नुपर्छ।
२. शिक्षा ऐन तथा नियमावली अनुसार विद्यालय संचालन हुनुपर्छ।
३. काठमाडौं महानगरपालिका शिक्षा विभागमा बारम्बार शिक्षा नियमावलीमा भए अनुसारका शिक्षक प्रधानाध्यापक हुनुपर्छ भन्ने हो।
३.माध्यमिक तहका विद्यालयहरूमा प्रावि तहका शिक्षकहरुले शिक्षक हुँदाहुँदै संचालन गर्नु गलत हो । यसलाई सच्चाउन पर्छ भन्दै गर्दा अहिले आएर कामपा शिक्षा विभाग त्यसमा लागि परेको छ।
४. न पदमा रहँदा खुशीले दङ्ग भए म पद छोड्दा नै भ्रङगित भए किनकि मैले पद र पैसा मानिसको लागि चलायमान छन्, अहिले छ भोलि हुँदैन भन्ने सोच यसै विद्यालयले अभ्यास गरायो।
विद्यालयमा म निमित्त प्रधानाध्यापक हुँदा नगरेको काम:
१. गुटबन्दीलाई तिरस्कार।
२. शिक्षा नियमावलीले तोकेको आधारमा शिक्षकलाई जिम्मेवारी तोकेको।
३. विद्यालयमा असहज वातावरण हुँदाहुँदै पनि स्थानीय तहका जिम्मेवार व्यक्ति, राजनैतिक दल र सरोकारवाला राखेर सार्वजनिक सुनुवाई नगरेको।
४. मलाई राम्रोसँग थाहा छ: शिक्षक समाधान हो त्यसैले शिक्षकले द्वन्द्व मच्चाउन हुँदैन।
५. कसैलाई पनि दण्डित नगरेको।
६. सामान्य शिक्षक हुँदा पनि खाली कक्षामा गए कक्षा लिनेगरेको
लागेको कुरा:
विद्यालय व्यवस्थापन समितिमा कम्तिमा पनि ५० प्रतिशत संख्या विद्यार्थीका सक्कली अभिभावक भएमा मात्र विद्यालयको मर्म बुझ्ने रहेछन। जसले गर्दा विद्यालय संचालनमा सहजता हुने थियो।
मैले पशुपति मित्र माद्यमिक विद्यालय चाबहिलमा रहँदा प्राप्त गरेका व्यक्तिगत उपलब्धि
१. १-६ सम्मको अँग्रेजी पुस्तकको लेखन निरन्तर प्रकाशनबाट
२. माध्यमिक तहको शिक्षकमा स्थायी नियुक्ति
३. माध्यमिक तहको शिक्षकको द्वितीय श्रेणीमा पदोन्नति
४. कक्षा १० को अँग्रेजी पुस्तकको लेखन cdcमा
५. एमफिलको अध्ययन पुरा
६. शिक्षा पुरस्कारबाट पुरस्कृत
७. पशुपति क्षेत्र संयुक्त विद्यालयबाट संचालन गरिने परीक्षाको संयोजक
८.शिक्षा विभागबाट तयार गरिने stage 2 को लेखक
९.विद्यार्थिको अथाह माया, ममता , स्नेह र सम्मान
१०. शिक्षक तथा कर्मचारीको साथ र सहयोग
अन्तमा यस विद्यालयमा रही काम
११. प्राय समयको सदुपयोग गरी शिक्षा तथा राजनीति सम्बन्धित लेखहरू लेखेको अवस्था
१२.विद्यालयले मलाई धेरै कुरा सिकाएको छ।
यसले मित्रता भनेको केहो । राम्रोसँग पाठ सिकाएको छ। स्वार्थ सिद्धको लागि मानिस के गर्दैछन भन्ने कुरा पनि यहीँबाट सिकेको छु। मानिस कतिसम्म कृतज्ञ र कृधग्न हुन्छन भन्ने पनि यहीबाट सिकेको छु किनकि मैले मेरो जीवन करिब करिब यसै विद्यालयमा गुजारेको छु। मैले यस विद्यालयमा अभिभावक भन्दा बढी माया गर्ने शिक्षक मित्रहरु पनि पाएको छु।
अन्तमा सबैले बुझ्नुपर्छ। यस विद्यालयमा समयले मलाई पुर्यायो । मैले बुझेसम्म मन , वचन र कर्मले समर्पित हुँदै यसै विद्यालयमा समर्पित भए। मेरा तीनवटै छोरीहरु यसै विद्यालयमा अध्ययन गरे। त्यसैले पनि अभिभावकहरु म प्रति धेरै माया गर्नुहुन्थ्यो। म यहाँ छैन भन्ने थाहा पाएपछि सर मेरा छोरा र छोरी हजुर भएको विद्यालयमा लिएर आउँछु भन्नुभएको छ। म उहाँहरुको म प्रति गरेको प्रेम प्रति आभारी छु। तर मैले उहाँहरुलाई हजुरका बच्चाहरु त्यही राख्नुपर्छ भनेर भनेको छु। मैले अनुभुति गरे विद्यालयको प्रधानाध्यापक भन्दा शिक्षक विद्यार्थीको लागि बढि प्रिय हुन्छ किनकि उसले विद्यार्थीसँग बढि हेलमेल भएको हुन्छ।
मैले नगरेको कुरा:
१. सुरुका वर्षहरूमा वर्षभरिमा १/२ जना विद्यार्थीलाई कुँटेहौला र याद छ जसलाई कुँटेको थिए ती आज सफल छन तर अहिले आएर मैले दण्डलाई बहिस्कार गरिसके।
२. शिक्षक तथा कर्मचारी आफ्नै तहका मित्रहरु भएकोले मैले सोचे दण्डले दुरी बढाउँछ र त्यो दुरी मैले बढाउनु छैन भनी चुप रहे।
३. मानिस जन्मेको स्वतन्त्राको लागि हो भन्ने जान्दा जान्दै म तपाईंहरुको स्वतन्त्रमा तगारो नबनी तपाईं आफैं आफ्नो कर्तव्य पुरा गर्ने व्यक्ति हो भन्ने बुझ्नु र सोही अनुसार चल्नु।
अन्तमा यस विद्यालयमा रही विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, वडाका पदाधिकारी, सहायक प्रधानाध्यापकहरु, संयोजक मित्रहरु, शिक्षक तथा कर्मचारी मित्रहरु र मेरो मुटुका धड्कन विद्यार्थी भाइबहिनीहरु र बिहानी सत्रमा कार्यरत सम्पूर्ण शिक्षक मित्रहरु मैले नहीं कतै नबुझेर चित्त दुखाएको छु भने यसै वाललबाट क्षेमा माग्दै आगामी शैक्षिक वर्षमा कक्षा ११ मा विज्ञान विषयको सुरुवात भएको देख्न पाउँ भन्दै प्रिय शिक्षक मित्रहरुलाई अब्दुल कलामको भनाई If you salute your duty you need not to salute anyone but if you pollute your duty you you need to salute everyone याद गर्दै विद्यालय व्यवस्थापन समितिलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीको बोध गर्दै शिक्षा नियमावलीले तोके बमोजिमको प्रधानाध्यापक नियुक्त गरी अगाडि बढ्न र शिक्षा विभाग काठमाडौंलाई जडको पहिचान गरी विद्यालयलाई राजनैतिक हस्तक्षेप मुक्त क्षेत्र बनाउनको लागि ठिक समयमा जे बोलिन्छ त्यो लेखेर सम्बन्धित विद्यालयमा पुर्याउन सक्ने सामर्थ्य मिलिरहोस। जय पशुपति मित्र!
आज म जहाँ छु, जे छु , ती सबै कुराहरु यसै विद्यालयमा रहँदा प्राप्ति गरेको छु।
त्यसैले पुन विद्यालय र विद्यालय परिवार प्रति आभारी छु।


