२०८२/०७/०७
महाभारतको पाठकलाई महाभारत युद्धका महारथी भीष्मको प्रतिज्ञाको कारण उनी मौन बस्नुपर्ने भएको थियो जसले अपराधलाई समेत बढवा दिएको जस्तो भान लाग्ने गर्दछ। कुरुवंशका स्तम्भ, प्रतिज्ञाका प्रतिक र धर्मका प्रतीक भीष्म—मानव रूपमा देवताको प्रतिमूर्ति थिए तापनि , उनी त्रुटिहीन भएका थिएनन् : द्रौपदीको बस्त्रहरणको समयमा मौन बस्नु, कर्णजस्ता सत्यवीरलाई “सूतपुत्र” भनिँदा केही नबोल्नु जस्ता अपराधको कारणले उनको अनमतरमनलाई सदैव पिडा दिइरहेको थियो। उनलाई लाग्थ्यो: धर्म केवल नियमको पालन होइन, अन्यायविरुद्ध आवाज उठाउनु पनि हो भन्ने थाहा हुँदा हुँदै पनि प्रतिज्ञाको बन्धनले उनको विवेक बाँधिएको थियो।उनको हृदयमा कर्णमाथि गरिएको सामाजिक विभेदप्रति अपराध बोधले केही बोल्न नसक्नु पनि उनको अन्तर्मनमा आत्मग्लानी जलिरहेको हुन्थ्यो भन्ने कुरा जव उनी सूर्यलोकमा पुगेर कर्णसँग माफी माग्छन् तब मात्र यस तितो सत्यको बोध पाठकवर्गमा पुग्न जान्छ।
महाभारत केवल युद्ध मात्र नभएर संसारभरी छरिएर रहेका मानिसको मनमा के कुदिरहेको हुन्छ, बाहिर दिएको वचन र मनभित्रको पिडा बेग्लाबेग्लै हुन्छ। त्यही समिश्रणको कथा हो महाभारतको युद्ध। महाभारत केवल शस्त्र र रक्तपातको कथा मात्र नभएर यो चेतनाको युद्ध पनि हो—जहाँ बाहिरी द्वन्द्व भित्रको द्वन्द्वसँग मेलखान्छ। यस कथामा वीरता र वियोग मात्र नदर्शियर , आत्मज्ञान र क्षमाको प्रकाश पनि पस्किएको छ जहाँ जुन कुरा महाभारतको युद्ध समाप्त पश्चात धर्मको मार्गमा चलेको थियो भने युध्दका महारथी भिष्मपितामह जो स्वर्गमा स्वर्गीय आनन्द पाउँदा पनि उनीले दानवीर कर्णमाथि गरेको अपराधबोधले पिरोलेको थियो र त्यही अपराधबाट बाहिर निस्कनको लागि उनले स्वर्गका राजा इन्द्रसँग कर्ण कहाँ छन भनी सोधनी हुँदा उनी र उनको बाबाको लोक सूर्य लोकमा छन् र उनी भएको स्थानमा सबै सहजै जान सक्दैनन भनी भनिसकेपछि उनले त्रिकालदर्शी नारदमुनिको स्मरण गरे।
त्यसपछि भीष्मको मनमा श्रद्धाले भरिएको थियो, र उनको मनमा उनले कर्णमाथि गरिएको अपराधबाट मुक्त पाउनको लागि बाटो खोज्नु थियो र उनले त्रिकालदर्शी नारदमुनिलाई प्रार्थना गरी सूर्यलोक पुग्ने मार्ग बताइदिनको लागि अनुरोध गरेका थिए र भनेका थिए म त्यो कर्णको दिव्य आत्मासँग क्षमा माग्न चाहन्छु।” गरुण पुराण अनुसार
- सूर्यलोक ज्ञान, तप, दान र सत्यको तेजबाट निर्मित दिव्य क्षेत्र हो, जसलाई केवल “प्रकाशमय आत्मा” मात्र स्पर्श गर्न सक्छ।
- जो व्यक्ति कर्णले जस्तै आफ्नो जीवनमा पूर्ण सत्य, न्याय, करुणा र निष्काम कर्ममा अडिग रहन्छ, उसलाई सूर्यलोक प्राप्ति हुन्छ।
- जो व्यक्ति फलप्राप्तिको इच्छा बिना कर्म गर्छ, ऊ ब्रह्मलोक वा सूर्यलोकसम्म पुग्न सक्ने योग्यता प्राप्त गर्छ। अर्थात्
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” - “जो योगी सूर्यनाडी (पिङ्गला नाडी)बाट प्राण ऊर्ध्वगति गर्छ, उसको आत्मा सूर्यलोकमा पुग्छ।”
- दानवीरता, सत्य व्रत, तप र ब्रह्मचर्य — यी चार आधारले व्यक्ति आत्मिक रूपले शुद्ध बन्छ। जब देह त्याग्छ, ऊ पृथ्वी र चन्द्रलोक पार गरी सूर्यलोकतिर आरोहण गर्छ।
-सूर्यलोकमा आत्मा शुद्ध चेतनाको स्वरूपमा रहन्छ।
त्यहाँ राग, द्वेष, मोह वा कर्मबन्धन हुँदैन। आत्मा सूर्यप्रकाशजस्तै उज्यालो र निस्सङ्ग हुन्छ भनी आफ्नो गल्तीहरु स्वीकार्दै भावी दिनमा यस्ता गल्ती नदोर्याउने व्यक्तिको आत्मा मात्र सूर्यलोक प्राप्त गर्न सक्छ भनी सुल्झाउने मार्ग बताउनु भयो भने भिष्मले सोही अनुसार सूर्यलोकमा पुगेर कर्णसँग माफी माग्नुभएको थियो।
नारदले ध्यानमार्ग बताइदिए र गरेका गल्तीहरु एक पछि अर्को गर्दै स्मरण गर्दै , गरेका गल्तीहरु स्वीकार गर्दै योगशक्तिबाट भीष्म सूर्यलोकमा पुगे, जहाँ अनन्त प्रकाशमाझ कर्ण सूर्यजस्तै दीप्तिमान भएका उनले पाए।
भीष्मले आँखा भरी आँसु भर्दै भनेका थिए , “तिमी सुतपुत्र होइन, तिमी सूर्यपुत्र थियौ। मैले बुझ्न ढिलाइ गरेँ, क्षमा गर।” अनि प्रत्येक अवस्थामा मैले तिमीमाथि न्याय गर्न सकिन। त्यति भन्न नपाउँदै तपाइँ तपाईंको बन्धनमा बाँधिन भएको थियो त्यो पनि धर्मको मार्ग थियो र म पनि नुन र मित्रको बन्धनमा बाँधिएको थिए। त्यो पन धर्मको मार्ग नै थियो भन्दै कर्णले
भिष्मपितामहलाई बिना हिचकिचाहट क्षमा गरी महा क्षमादानीको रुपमा उभिन सफल भएका थिए। उनले मुस्कुराउँदै भनेका थिए, “पितामह, क्षमामा नै धर्मको अन्तिम सत्य छ। तपाईंको स्वीकार नै मेरो तृप्ति हो।” कर्णको भनाइ थियो: मेरो कर्ममा न छु, तपाईँ आफ्नो धर्ममा। अन्ततः दुबै बाटो एकै सत्यमा पुग्छ। त्यसैले उनले कुनै प्रतिरोध बिना क्षमा गरिदिएका थिए।
भीष्मले क्षमा माग्दा उनले अहंकारको कवच त्यागे र कर्णले क्षमा दिँदा करुणाको मुकुट पहिरिए। भीष्मको मौन धर्मको सीमामा थियो भने कर्णको क्षमा त्यस धर्मको पारमा थियो जुन सन्देश महाभारतका पाठकहरुलाई बर्साइरहेका छ। दानमा सबै भन्दा ठूलो दान भोजन दान र भोजन दान भन्दा पनि माथिको दान क्षमादान भन्ने बुझिन्छ नै। अर्थात क्षमा भन्नु नै आत्माको शुद्ध स्नान हो ।त्यसको पुष्टाइ दानवीर कर्णले भिष्म पितामहलाई क्षमा गरी पुष्टाइएको छ।
मानव जीवनमा पनि हामी कहिले भीष्मजस्ता मौन अपराधी बन्छौं, कहिले कर्णजस्ता पीडित सत्यवादी पनि बनेका हुन्छौ किनकि दुबैले अँगालेको मार्ग धर्मको मार्ग थियो। एकको मार्ग वचनको थियो भने अर्काको मार्ग मित्रताको थियो। त्यसैले सबैले बुझ्नुपर्छ: जब हामी क्षमा गर्न जान्छौं, आत्मग्लानी बिसर्जन हुन्छ।
जब हामी स्वीकार गर्न जान्छौं, अहंकार बिसर्जन हुन्छ।
त्यही क्षणबाट मुक्तिको आरम्भ हुन्छ। क्षमा कुनै हार होइन, त्यो आत्माको विजय होभने कर्णले कवच-कुण्डल दान दिए, त्यो भौतिक दान थियो; तर जब उनले भीष्मलाई क्षमा गरे, त्यो परम दान—आत्मिक दान थियो। त्यो दानले उनलाई देवत्वमा रूपान्तरण गर्यो।
हो आजका कलियुगका मानिसहरू काम, क्रोध, लोभ, मोह र अहँकारले बाँधिएका छन्। जसले गर्दा मुख्यतया नेतृत्व वर्गलाई मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरुँ अरु सबै मरुन दुर्वलहरु भन्ने अपराधीक सोचले नेतृत्व गरेको हुँदा एकपछि अर्को गर्दै विभिन्न देशका नागरिकहरु एकिकृत हुँदै दुष्ट शासनको विरुद्धमा लागि पदच्युत गरिदिएका छन जसले गर्दा सामान्य नागरिकको रुपमा बस्ने हैसियत समेत गुमाएका छन्। त्यसैले बुझ्नु पर्छ: गल्ती गर्नुहुँदैन। गल्ती गरेमा स्वीकार गरी सच्चिनुपर्छ र गल्ती स्वीकार गर्नेलाई क्षमा पनि दिन सक्नुपर्छ।
- चन्द्रकान्त पण्डित
शिक्षक सिध्दिगणेश मावि पकनाजोल काठमाडौं


