बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा फोहोर मैला ब्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा-१२ को आयोजनामा फोहोर मैला ब्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वडा  नं १२ मा रहेको इभर साइन पार्टी प्यालेसमा भएको सो कार्यक्रममा घरमा उत्पादन हुने फोहोर मैलालाई ब्यवस्थापन गर्ने उपाय तथा सचेतनाका विविध पक्षहरुका बारेमा अभिमुखिकरण पनि प्रदान गरिएको थियो।

सो कार्यक्रममा केदार कुमार खड्का,शरद न्यौपाने, चक्रपाणी पन्थी,नारायण निरौला र बिनोद पाठकले फोहोर मैला ब्यवस्थापनका बारेमा प्रशिक्षण प्रदान गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा-१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा कार्यपलिका सदस्य शान्ता ढकाल, वडा सदस्यहरु मिना बयलकोटी, ईश्वरी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 तालिममा सहभागीहरुलाइ प्रमाणपत्र तथा मायाको पोको समेत वितरण गरिएको उक्त कार्यक्रममा कौशी रूपान्तरणका लागि हरियाली समुह समेत गठन गरिएको थियो।