नेपाली कांग्रेसले सात प्रदेशमा गरेको अन्तक्रियामा हिन्दु राष्ट्र ल्याउनेदेखि समानुपातिक सांसद, जातीय आयोग र सङ्घीयता हटाउनेसम्मको सुझाव आएको छ । राज्यलाई प्रशासनिक भार थेग्न गाह्रो भएको भन्दै स्थानीय तहको सङ्ख्या घटाउन, जिल्ला समन्वय समिति खारेज गर्न, जनसङ्ख्यालाई मात्र आधार मानेर निर्वाचन क्षेत्र तोक्दा पहाडी र हिमाली जिल्लाबाट जनप्रतिनिधि नै नहुने अवस्था रहेकाले भूगोललाई पनि आधार बनाउने सुझाव आएको प्रतिवेदनमा उल्लेख छ ।



