नेपाल शिक्षक महासङ्घ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। शिक्षकले राखेका ९ बुँदे मागमध्ये अधिकांशमा सहमति भएको छ, तर विद्यालय शिक्षा ऐनको मिति तोक्न बाँकी छ। शिक्षकहरूले ऐनका लागि निश्चित मिति माग गरेका छन् भने सरकारले यो हिउँदे अधिवेशनमै ऐन ल्याउने संकेत दिएको छ। वार्तामा दुबै पक्षका प्रमुख प्रतिनिधिहरू सहभागी छन्।



