फाेक्सिङ्टारकाे पुल बग्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोलिट्ब्युरो सदस्य तथा संबिधानसभा/ प्रतिनिधिसभा पूर्व सदस्य, खोटाङ बिशाल भट्टराईले बिसेस पहल गर्नु भएको थियो।निर्माणका लागि बजेट सुनिश्चित भएकाे छ ।

खोटाङ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गर्नु भयो ।
दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्स्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ ।
फाेक्सिङ्टारकाे पुल बग्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोलिट्ब्युरो सदस्य तथा पुर्व संबिधानसभा/ प्रतिनिधिसभा सदस्य, खोटाङ बिशाल भट्टराईले विशेष पहल गर्नु भएको थियो।निर्माणका लागि बजेट सुनिश्चित भएकाे छ ।
निर्माणका लागि बजेट सुनिश्चित भएकाे छ ।
दिव्यज्योति कन्स्ट्रक्सन प्रालिले ४२ करोड लागतमा सम्पन्न गर्नेगरी २०८१ साल चैत १७ गते तथा रायमाझी कन्स्ट्रक्सन प्रालिले ४४ करोड रुपैयाँको लागतमा सम्पन्न गर्नेगरी २०८१ साल माघ २ गते सम्झौता गरेको हो ।
दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नु भयो ।
मन्त्री दाहालले सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनर्निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनु भयो । गत असोज १२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनर्निर्माण हुने उहाँको भनाइ छ ।





