नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई औपचारिक ध्यानाकर्षण गराउँदै
अब विशिष्ट भनिएका व्यक्ति र पदाधिकारीहरूको सम्पत्ति श्रोतसहित छानबिन होस्!
महासचिव क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा सम्पन्न यो भेटमा स्थायी समिति सदस्य क. उदय बहादुर चलाउने ‘दिपक’, क. दिपेन्द्र चलाउने स्थायी समिति सदस्य पोलिटब्युरो सदस्य क. सागर लिम्बू लगायत नेताहरूको उपस्थिति थियो।
सभामुखले नेकपा (बहुमत)को प्रस्तावप्रति सकारात्मकप्रतिक्रिया दिनुभएको छ।
जनताको सम्पत्तिमा गरिने लुटपाटको अन्त्यका लागि, भ्रष्ट सत्ताका दलालहरूलाई पर्दाफास गर्न, अब सशक्त जनदबाब सिर्जना हुनेछ!




