नगर प्रमुख बासुदेव थापाद्धारा धन्सारमा अवस्थित लुँ निभा धिमे खलको वार्षिकोत्सवको उद्घाटन


धन्सार । सूर्यविनायक नगरपालिका वडा नंं १ धन्सारमा अवस्थित लुँ निभा धिमे खलले वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा नगर प्रमुख थापालाई धिमे बाजाका साथ भब्य स्वागत गरिएको थियो । उत्सवको अवसरमा बृहत्त धिमे बाजा समेत प्रदर्शन गरिएको थियो ।

नगर प्रमुख थापाले उपत्यकामा नै उत्कृष्ठ धिमे बाजा प्रदर्शन गर्दै आएकोमा खललाई बधाई ज्ञापन गर्नुहुँदै नगरपालिकाले एक छुट्टै कार्यक्रमको आयोजना गरि नगद सहित सम्मान गर्ने घोषणा गर्नुभयो ।

नगरपालिकाले कला, संस्कृतिको संरक्षण र जर्गेना गर्ने कार्यमा लाग्र्दै आएको बताउनुभयो ।

नगर प्रमुख थापाले नगरभित्रका बाजागाजा, धर्म, संस्कृतिको संरक्षणमा सक्दो सहयोग गरिरहेको र आगामी दिनमा सहयोग जारी राख्ने बताउनुभयो ।

लु निभा धिमे खलले यसअघि उपत्यकास्तरीय प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरि नगरपालिकाको शान बढाउने कार्य गर्दै आएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले राम्रो काम गर्नेलाई सदैव प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाले नेवारी कला, संस्कृति र बाजागाजा संरक्षणमा विशेष जोड दिदैं आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्थानीय तथा नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठले नगर प्रमुख थापाले धन्सार टोललाई विगतदेखि नै माया गर्दै आउनु भएकै कारण धिमे खललाई अगाडि बढाउन सफल भएको बताउनभयो ।

सो अवसरमा स्थानीय गन्य मान्य ब्यक्तीत्वहरुको समेत सहभागिता रहेको थियो ।