जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच वैशाख १७ गते एकता हुने भएको छ। सिके राउत र रेश चौधरी नेतृत्वमा रहेका यी दुई पार्टीहरूको एकताले नयाँ शक्ति र प्रभावशाली राजनीतिक परिवर्तको सुरुआत गर्ने जनाइएको छ। एकता पछि नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ राखिनेछ भने ढकिया चुनाव चिह्न रहने छ।
जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको एकता पछि नयाँ पार्टी प्रतिनिधि सभामा १० सिटको शक्ति हुने छ। राउत कार्यकारी अध्यक्ष र रेश चौधरी संरक्षक रहनेछन्। यस एकताले नेपालको राजनीति क्षेत्रमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नदेखिएको मिलनको रूपमा लिइएको छ।



