गोकर्णेश्वर नगरपालिका वडा नं.५ स्थित वडा अध्यक्ष को विशेष पहलमा खोलिएको बाटोका साथै सार्बजनिक जग्गामा बनेको नाग पार्क र खानेपानीको समुद्घाटन


आज नगर प्रवक्ता एंव वडा नं.५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीको पहलमा नव गठित नाग पार्क पिपल चौतारी टोल बिकास समितिका अध्यक्ष मान बहादुर तामाङ्गले अध्यक्षता गर्नुभएको एक कार्यक्रमका बिच संघीय सांसद तथा अर्थ समितिका सभापति माननीय संतोष चालिसेले नव निर्मित नाग पार्क, बाटो र खानेपानीको समुद्घाटन गर्नुभएको थियो ।
नयाँ पार्क प्रागंणमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल , उप-प्रमुख सान्नानी लामा र नगर प्रवक्ता एंव वडा अध्यक्ष नारायण बहादुर सुबेदीको बिशिष्ट आतिथ्यता रहेको थियो साथै वडा सदस्य लक्ष्मी पुडासैनी , राजनीतिक एंव सामाजिक ब्यक्तित्व दुर्गा बराल ,पार्क तथा बाटो निर्माण समितिका अध्यक्षका साथै प्रगतिमार्ग डोलेगालका अध्यक्ष केन घले लगायत विभिन्न टोलका अगुवाहरुको आतिथ्य रहेको थियो ।
उपस्थित वक्ताहरुले बोल्ने क्रममा वडा अध्यक्षको पहलमा संघीय सांसद बजेटबाट खुलाइएको बाटोमा गरिएको कामको क्रममा धेरै भु-भाग दुर्गा बराल ,राम कृष्ण बराल लगायत बरालहरुले उपलब्ध गराइदिनु भएकोमा नगर प्रमुख दीपक कुमार रिसालका साथै अन्य वक्ताहरुले समेत वडा अध्यक्ष एंव नगर प्रवक्ता नारायण बहादुर सुवेदी र बराल बन्धुहरुको खुलेर प्रसंसा गर्नुभएको थियो ।