अब १८ स्थानमा जडान गरिएका उपकरणमार्फत पिएम २.५ र वायु गुणस्तर सूचकाङ्क रङको आधारमा वास्तविक समयमा हेर्न सकिनेछ। ड्यासबोर्डले सहरी जनस्वास्थ्यका नीतिनिर्माणमा सहयोग पुग्ने महानगरले जनाएको छ।
हरेक रङले वायुको अवस्था देखाउनेछ — हरियो राम्रो, पहेँलो मध्यम, सुन्तला संवेदनशील, रातो अस्वस्थ्य, बैजनी गम्भीर र गाढा खैरो जोखिमपूर्ण। अब जनचेतना बढाउन भिडियो सन्देश र प्रदूषण जाँच विवरण पनि ड्यासबोर्डमा देखिनेछ।


