बुढानीलकण्ठ नगरपालिकाले आफ्नो पालिकाभित्रको पुरातात्त्विक/सांस्कृतिक/धार्मिक/ऐतिहासिक/प्राकृतिक सम्पदाहरू तथा मूर्त/अमूर्त कला, संस्कृतिको पहिचान, प्रवर्द्धन र प्रसारको लागि ‘आहा बुढानीलकण्ठ’ शीर्षकमा भिडियो च्यालेन्ज प्रतियोगिता आयोजना गर्दा नगरपालिकाभित्रकै ३ जना युवाहरू क्रमशः प्रथम द्वितिय र तृतिय हुन सफल भएका छन् ।
मेयर मिठाराम अधिकाररीद्रारा प्रमाणपत्र बितरण गर्नु भयो।
वरिष्ठ पत्रकार तथा भिडियोग्राफी विज्ञ प्रभात रिमाल, लक्ष्मण पौडेल तथा श्रीष भण्डारी सहितको जुरीले मूल्याङ्कन गर्नुभई महत्त्वपूर्ण सहयोग गर्नुभएकोमा विशेष धन्यवाद आभार व्यक्त गर्दछौं । यस कार्यक्रमको समग्र नेतृत्व गर्ने बुढानीलकण्ठ पर्यटन बोर्डलाई हार्दिक बधाई तथा धन्यवाद !
बिजयी हुनुहुने भिडियोमेकर सन्तोष पाण्डे, विजया पोखरेल र गौरव पौडेल लगायत सबै सहभागीलाई हार्दिक बधाई !
विजेताहरूलाई क्रमश: रू. ७५ हजार, ३० हजार र १५ हजार सहित अन्यलाई सहभागीता प्रेरणा सहित रू ५ हजारले सम्मान गरिएको छ ।




