काठमाडौं — सुगमनगर विकास समाजको आयोजनामा आज सुगमनगर चौतारीमा एक भव्य अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी तथा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सदस्यहरू लक्ष्मी पुडासैनी, कमला नेपाली, क्षेत्र विकासका सदस्य श्याम खतिवडा, समाजसेवी मान बहादुर तामाङ, दुर्गा बराललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय विकास, समावेशी योजना र सहकार्यका माध्यमबाट समुदायको समृद्धिको विषयमा व्यापक छलफल भएको थियो।






