काठमाडौं, साउन – महिलाहरूको सौन्दर्य, आत्मबल र सामाजिक सशक्तिकरणको समुन्नति गर्ने उद्देश्यका साथ ‘सफल ब्यूटी होम’ ले आजबाट औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ।
उद्घाटन समारोहमा पारम्परिक पानसमा दीप प्रज्वलन गर्दै ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङ ज्यूले सेवा प्रारम्भ गर्नुभयो। प्रमुख अतिथिका रूपमा सहभागी गुरुङज्यूले आफ्नो मन्तव्यमा भनिन्:
“सौन्दर्य सेवा भनेको केवल सिङ्गार मात्र होइन, आत्मबल र आत्मविश्वासको अभिवृद्धि हो। ‘सफल ब्यूटी होम’ महिलाहरूका लागि आत्मविश्वास बढाउने एउटा सशक्त माध्यम बन्नेछ।” विधिपूर्वक दीप प्रज्वलन र शुभकामना मन्तव्य ब्येक्त गर्दै भन्नू भयो गुरुङ हाम्रो उदेश्य भनेकाे नै सडक देखि सदन सम्मका मानिस हरुले सुबिधा प्राप्त गर्न सकुन ।
‘सफल ब्यूटी होम’ को उद्देश्य र कार्ययोजना प्रस्तुत सहभागी महिलाहरूको उत्साहजनक सहभागिता
सामाजिक सन्देश र सशक्तिकरणप्रति प्रतिबद्धता
सहकार्य सम्झौता (MOU) सम्पन्न:
उद्घाटनकै अवसरमा ‘सफल ब्यूटी होम’ र ॐ समाज डेन्टल अस्पताल बीच पारस्परिक सहकार्यको समझदारीपत्र (MOU) मा पनि हस्ताक्षर गरियो।
अस्पतालको तर्फबाट: शाखा प्रमुख सबिना पपन गुरुङ फेसल होमको तर्फबाट: सञ्चालिका ज्ञानि श्रेष्ठ साक्षीको रूपमा: राजन थापा (पत्रकार तथा सामाजिक अभियन्ता)
नयाँ सुविधा योजना सार्वजनिक अबदेखि फेसल होममा आबद्ध विद्यार्थीहरू तथा मूल्यवान सौन्दर्य सामग्री खरिद गर्ने ग्राहकहरू लाई ॐ समाज डेन्टल अस्पतालबाट विशेष छुट र प्राथमिक सेवा सुविधा प्रदान गरिनेछ। यसले स्वास्थ्य र सौन्दर्य क्षेत्रलाई एकीकृत गर्दै ग्राहक–मैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
‘सफल ब्यूटी होम’ का प्रमुख सेवा सुविधा:
सम्पूर्ण पार्लर सेवा: हेयर, फेस, नेल, स्किन केयर विशेष अवसरका लागि मेकअप प्याकेजहरू
अनुभवी स्टाफ, महिला–मैत्री वातावरण गुणस्तरीय सेवा र सन्तुष्टि सुनिश्चित फेसल होमकी सञ्चालिका ज्ञानि श्रेष्ठ भन्छिन्: “मैले यो पेसामा १५ वर्ष बिताइसकेको छु। अब यो नयाँ शाखा र सहकार्यले सौन्दर्य सेवा मात्र होइन, महिलाहरूको आत्मबल अभिवृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
यस अभियानले सौन्दर्य र स्वास्थ्यलाई एकसाथ जोड्दै समाजमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।


