गोकर्णेश्वर ५ नारायणटार युवा क्लबले आयोजना गरेको वडा अध्यक्ष कप फुटसल प्रतियोगिता २०८२ को उद्घाटन |
नारायणटार युवा क्लबले आयोजना गरेको फुटसल प्रतियोगितामा क्लबका उपाध्यक्ष भरत अर्यालको सभापतित्वमा भएको समुद्घाटन कार्यक्रम नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यता तथा नगर प्रवक्ता एंव गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, वडा सदस्य धर्म थिंङ लामा, श्री बहादुर योगी, समाजसेवी दुर्गा बराल, युवा व्यवसायि सुदर्शन गोले, पृथ्वी टोल सुधार समितिका अध्यक्ष वाशु श्रेष्ठ, नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल, क्लबका सल्लाहकार राजेन्द्र लम्साल लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा १६ टिम सहभागि रहेका छन् । कार्यक्रम सञ्चालन सम्झना सुवेदीले गर्नु भएको थियो ।


