गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एंव वडा नं.५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीको प्रमुख आतिथ्यतामा लाली गुराँस पार्टी प्यालेस स्थित, गगन नगर महिला समाजको साधारणसभा र जय माँ लक्ष्मी महिला समाजको सात दिने अचार बनाउने तालिम एकै साथ सम्पन्न भएको छ ।
आज गगन नगर महिला समाज कि निवर्तमान अध्यक्ष कमला राइको सभापतित्वमा भएको गगन नगर महिला समाजको साधारणसभाले अध्यक्षमा सम्झना सुवेदी सहित सात सदस्यीय कार्यसमितिलाई निर्बिरोध निर्वाचित गरेको थियो ।
निर्वाचित कार्य समितिलाई वडा अध्यक्ष एंव प्रमुख अतिथि नारायण बहादुर सुबेदीले खादा तथा अबिरले स्वागत गर्दै सम्मान गर्नुभएको थियो ।
त्यस्तै इनु काफ्लेको सभापतित्वमा जय माँ लक्ष्मी महिला समाजको सात दिने अचार बनाउने तालिम सम्पन्न गर्ने महिला परिक्षार्थिहरुलाई प्रमुख अतिथि लगायत बिशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका की निवर्तमान उप प्रमुख शान्ति नेपाल , वडा सदस्य श्री बहादुर योगी, गगन नगर टोल बिकास समाजका अध्यक्ष सुवास राज गिरि र सोही समाजका निवर्तमान अध्यक्ष गोबिन्द ढुंगेलले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा सिर्जनशील महिला समाज कि अध्यक्ष ललिता उप्रेती रिजाल, सुगम नगर महिला समाज कि अध्यक्ष बिमला पौडेल, बासुकी नगर टोल बिकास समाजका उपाध्यक्ष के.पि दाहाल लगायत बिशिष्ट ब्यक्तित्वहरु सहितको आतिथ्य रहेको थियोे ।







