२०८२/०६/१९
चन्द्रकान्त पन्डित
विगतका दल र राजनैतिक नेतृत्व साथै सरकारले नेपाली जनतामा छर्नु पर्ने भ्रम छरिसकेका छन् अव बोल्ने समयले सिमा नाघी सकेको छ। त्यसैले तिमी बोल्न छोड कामको थालनी गर।अहिलेको सरकार कुनै कानुनसम्मत भन्दा पनि आवश्यकताको पूर्ति मात्र हो। त्यसैले भोलिका दिनमा राजनीतिमा सबैको चासो हुने स्थान बनोस र व्यवसायको रूपमा भावी राजनीति अगाडि नबढोस् नेपाली जनताको चाहना यही छ।
वर्तमानमा पनि देशले सुन्दर भविष्यका सपना देख्दै गर्दा वर्तमान सरकारले अझै बोल्ने मात्र काम गरिरहेको अनुभूति हुन थालेको छ। राजनैतिक रुपमा लिनुपर्ने निर्णय लिदै नेपाल र नेपालीको पक्षमा काम गर्दै विश्वमा राष्ट्र सानो भए पनि शक्ति मजवुत छ भन्ने सन्देश बाकी विश्वलाई दिन सक्नुपर्छ। त्यसैले वर्तमान सरकार बोल्दैनबोल तर काम गर्न सुरु गर। रावणले रामलाई कुनै काम भोलिको लागि साच्नुहुँदोरहनेछ भन्दो उनको चाहना बताएका थिए रे:
-मकैको ढोड उखु बनाउने
- चमरालाई धान
- मकैको जुँगालाई कपास
- मकैको दानालाई सुन बनाउने इच्छा रहेको तर त्यो अधुरो नै रहेको सन्देश जस्तो नबनोस। वर्तमान प्रधानमन्त्रीले विगतमा ५ जना व्यक्ति मात्र भ्रष्टाचार विरुद्धमा लाग्ने हो भने भ्रष्टाचार रोक्न सकिन्छ भन्ने व्यक्ति नै प्रधानमन्त्री भएकोले भ्रष्ट आचरणमा रोक लगाउँदै अगाडि बढ्नुपर्छ। यो बोल्ने बेला होइन चुप रहने र नेपाल र नेपालीको सम्वृद्धिको लागि योजना बुन्दै कार्यान्वयन गर्ने बेला हो।
जेनजीले गरेको विद्रोह एकलाई फालेर अर्कोलाई राख्नको लागि नभइ आमुल परिवर्तन जीवनमा उतार्नको लागि हो। जनताले परिवर्तनका नारामा विश्वास गरेका छन् आम विद्रोमा सामेल भए , तर परिणाम अझै निराशाजनक रुपमा नै देखिएको छ। त्यसैले सरकारको काम भनेको भाषण र वचन होइन, कार्य र परिणाम देखाउँदै सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनजस्ता क्षेत्रमा सुधारको ठोस अनुभूति हुने कार्य गरी नागरिकको विश्वास जित्नुपर्ने छ।
हिजोका दिनमा विकास योजनाहरू कागजमै सीमित भए भ्रष्टाचार मौलायो एकको ठाउँमा हजारौं भ्रष्टाचारीको उदय भयो , र सेवाप्रवाहमा झन् ढिलो भयो जसले एक युगमा युवाहरु एकिकृत हुँदै सडकमा उभिन बाध्य भए जसले गर्दा ठूलो धन जनको नोक्सानी हुन पुगेको छ। त्यसैले वर्तमानका सरकारका मन्त्रीहरू र नेताहरू माइकमा बोल्न छोडेर नेपालीको हितको कार्यमा लाग्नुपर्छ अन्यथा आज केपि वोलिलालाई हत्यारा भन्दै गर्ने आवाजले भोलि सुशिलाको त्यही दिन नआउने बनाउनको लागि सकृयताका साथ काम गर्नुपर्छ।
अब नेपाली जनता मौन छैनन् — उनीहरू परिणाम चाहन्छन् र देशलाई दिइएको वाचा काममा उतार्न चाहन्छन्। वर्तमान सरकारले आफ्नो जिम्मेवारी बुझेर परिणाममुखी कार्य गर्न थाल्नुपर्छ, अन्यथा जनताले ‘बोल्ने होइन, बदल्ने’ बाटो खोज्नेछन् र रोज्ने छन्। जनताको सहनशीलता अमर्यादित होइन, अब समय छ— सरकारले बोल्न होइन, काम गर्न सिक्ने। काम गरे हाइ हाइ काम नगरेको अवस्थामा मुर्दावाद यही चेतावनी हो –त्यसैले “वर्तमान सरकार, तिमी बोल्न छोड, काम सुरु गर अन्यथा…”


