काठमाडौं,२४ जेठ । जुन 14 वर्ल्ड ब्लड डोनर डे को उपलक्ष्यमा ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को आयोजनामा रक्तदान जनचेतनामूलक साइकल ऱ्याली भब्यताका साथ सम्पन्न भयो। सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलज्युबाट रिवन काटी उदघाटन गरि बसन्तपुरबाट सुरु भएकोमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारिबाट बुढानीलकण्ठ चपली भद्रकालि मन्दिर परिसरमा सम्पुर्ण साइकल ऱ्यालिमा सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरि समापन भयो। सो कार्यक्रमका संयोजक ब्लोदान केन्द्रिय सचीव शंकर महर्जन र ब्लोदान केन्द्रिय अध्यक्षले सहभागीहरुलाइ रक्तदान सम्बन्धि जनचेतनामूलक जानकारी तथा धन्यवाद दिनु भयो। कार्यक्रम सञ्चालन ब्लोडानका केन्द्रीय सचिव उज्ज्वल केसीज्यूले गर्नुभएको थियो।स्रोत: बिनोद तुलाधर ब्लोदान – केन्द्रिय सदस्य एवं क्लब 25 नेपाल इन्चार्जले पिपलबोटलाई बताउनु भयो।


