काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने, कुनै पार्टी, वाद वा तन्त्रबाट माथि उठेर कलम चलाउन अनुरोध गर्नुभएको छ।
यही मिति २०८२ साल साउन २९ गते, जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औं वार्षिकोत्सवको अवसरमा स्रष्टालाई सम्मान तथा जनआकाशका अध्यक्ष मोहन कार्कीद्धारा लेखिएको “मलाई सुन्दर नेपाल बनाउने रहर छ” बोलको स्वदेश गान लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएकी रानाले उक्त कुरा बताउनुभएको हो।
उपसभामुख रानाले अर्को प्रसङ्गमा सामाजिक रुपान्तरण गफमा होइन, व्यवहारमा उतार्नुपर्ने पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, हाम्रो देश अन्य देशको तुलतनामा अन्य देशहरु अर्थतन्त्रमा बलियो भयो भन्ने डिस्टान्त दिदै नेपालमा इमान्दारिताका साथ कर तिर्नेहरुको इमानदारिता नदेखिएको बताउनु भयो। यस्ता महत्वपूर्ण विषयहरु सञ्चारमाध्यमहरुले उठान गरेर समाजलाई सु–सुचित गर्न सक्छन्।
त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रममा निरन्तर रुपमा आउँदै आएको स्मरण गर्दै, पत्रकारिता क्षेत्रका कतिपय सञ्चार माध्यमहरु मर्नू र बाच्नुको दोसाझमा रहेको भए पनि जनआकाश पत्रिकाले पत्रिका, अनलाइन र युट्युब सफलतापूर्वक चलाएको उल्लेख गर्नुभयो। यसको लागि मोहन कार्कीको संघर्षले यो सम्भव भएको हो भनी शुभकामना दिनुभयो।
विशेष अतिथिको रुपमा आउनु भएको नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाकी अध्यक्ष शोभा आर्यालले जनआकाश मिडिया टिमले गरेको प्रगतिको प्रशंसा गर्दै आउँदा दिनमा अझै धेरै प्रगति गर्न व्यक्तिगत र नेपाल पत्रकार महासंघको तर्फबाट शुभकामना दिनुभयो। १८ वर्ष आफैंमा ठूलो समय हो। अध्यक्ष आर्यालले अर्को प्रसङ्गमा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षको जस्तो भुमिका रहँदै आएको बताए।
अहिले आउन लागेको मिडिया काउन्सिल विधेयकको अस्पष्टता, अनलाइन मिडियाहरुलाई सिडियो कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान थपेर सञ्चारमाध्यमलाई निरुत्साहित गर्ने काम गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले घोर आपत्ति जनाएको छ। यस सम्बन्धमा उहाँले सरकारको समेत विरोध गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दीपक)ले राख्नुभएको थियो। वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। साथै “मलाई सुन्दर नेपाल बनाउने रहर छ” स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मान गरिएको थियो।
उपस्थित सबैलाई मायाको चिनोले सम्मान गरिएको थियो।
सोही दिन, वबलब बपबकज तख युट्युब च्यानलबाट “मलाई सुन्दर नेपाल बनाउने रहर छ” बोलको स्वदेश गान हेर्न सकिने जानकारी दिइएको थियो।


