रिपोर्टिङ : राज कुमार लामा
काठमाडौं – असार ३१,सनिवार माईती नेपाल र काठमाडौं महानगरपालिका–९ को संयुक्त आयोजनामा अनुपम फुडल्यान्डमा आन्तरिक मानव बेचबिखन समस्या, सरोकार र न्यूनीकरणमा नागरिकको भूमिका” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले गर्नुभएको थियो।
अतिथिका रूपमा गौशाला प्रहरी वृत्तका प्रहरी नायब उपरिक्षक सुकदेव खनालको उपस्थिति रहेको थियो। त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ९ का सदस्यहरू टेकराज अधिकारी, श्रीराम राई, रचना सुनाम, विभिन्न संघसंस्था, क्लब, टोल सुधार समिति, राजनीतिक दल, पत्रकार, प्रहरी, विद्यार्थी, र सर्वसाधारण गरी सयौँको संख्यामा उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले केवल संस्था वा व्यक्तिले मात्रै नभई राज्यका सबै निकायहरू मिलेर काम गरे मात्र मानव बेचबिखन अन्त्य हुन सक्ने बताउनु भयो।
पहिले भारतमै सीमित यो समस्या अहिले आन्तरिक रूपमा घरदैलोमै देखिन थालेको छ।





जनचेतना अभिवृद्धि, समन्वय र साझा प्रयास अपरिहार्य छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा आन्तरिक मानव बेचबिखनसम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो।
सहभागी संघसंस्थाका प्रतिनिधिहरूले होटल, रेस्टुरेन्ट, स्पा जस्ता क्षेत्रहरूमा बढी जोखिम रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि, क्षमता विकास, र पीडितमैत्री पुनर्स्थापना प्रणालीको खाँचो औंल्याए।माईती नेपालका अनुसार २०८१ सालमा मात्र २७८ जना पीडितलाई उद्दार गरिएको छ।
तीमध्ये:जनजाति: ५४% दलित: १७% ब्राह्मण/क्षेत्री: २१% अन्य: ८% किशोरी: २६% महिला: ७४% रहेको जानकारी गराईएको थियो।
कार्यक्रममा हालको अवस्था र चुनौतीलाई मध्यनजर गर्दै माईती नेपालले आगामी ६ महिनाका लागि विशेष रणनीति सहितको कार्ययोजना पनि सार्वजनिक गरेको छ, जसमा जनचेतना कार्यक्रम, पीडित पुनःस्थापना, र रोजगार सृजनामा प्राथमिकता दिइनेछ।


