भदौ ३०, काठमाडौं
क्रोध रहित संसार संस्थाले आयोजना गर्ने १२औं वार्षिक अन्तर्राष्ट्रिय शान्ति सम्मेलन २०२५ को डिसेम्बर ६ र ७ मा ललितपुरको क्वेस्ट अन्तर्राष्ट्रिय कलेज, ग्वार्कोमा हुने भएको छ । “Peace through Global Citizenship Education, Emotional Wellness, Artificial Intelligence, Co-operatives, and Management” शीर्षकमा हुने यो सम्मेलन प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुनेछ ।
कार्यक्रममा नेपाल, अमेरिका, बेलायत, भारत लगायतका देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा शान्तिकर्मीहरूको सहभागिता रहनेछ । सम्मेलनमा ग्लोबल सिटिजनसिप एजुकेशन, सामाजिक–भावनात्मक सिकाइ, कृत्रिम बुद्धिमत्ता, सहकारी नेतृत्व, मानव स्रोत व्यवस्थापन र ध्यान–शान्ति जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
क्रोध रहित जीवन पुस्तकका लेखक डिन भ्यान लुभ्यानले बिजारोपन गर्नु भएको हो। यसमा साथ दिने मनोबिज्ञ प्राध्यापक मुरारी प्रसाद रेग्मी र बुद्ध र शान्तीका अनुयायी डा.लक्ष्मण शाक्यको अभिभावकग्त्वमा स्थापना भएको कोर्ध रहित संसार सस्था हो। यसका अध्यक्ष देशमर्दन बस्न्यातका अनुसार यो सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय शान्ति संवादको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नेछ ।
क्रोध रहित संसार संस्थाको स्थापना सन् २००७ (वि.सं. २०६४) मा गरिएको हो । संस्थाले नेपालमा क्रोध नियन्त्रण तालिममार्फत शान्ति संस्कृति प्रवर्द्धन गर्दै आएको छ । विद्यालयस्तरका विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायलाई लक्षित गर्दै क्रोध नियन्त्रण र भावनात्मक सन्तुलनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको यो संस्था शान्ति, सहिष्णुता र भावनात्मक शिक्षा प्रवर्द्धनमा सक्रिय छ ।
यस संस्थाको बीजारोपण क्रोध रहित जीवन पुस्तकका लेखक डिन भ्यान लुभ्यानले गरेका हुन् । यस अभियानलाई मनोविज्ञान प्राध्यापक मुरारी प्रसाद रेग्मी र बौद्ध शान्तिका अनुयायी डा. लक्ष्मण शाक्यले अभिभावकत्व प्रदान गरेका थिए ।
क्रोध रहित संसार अध्यक्ष देशमर्दन बस्न्यात निरन्तर रुपमा नेपालमा शान्ति शिक्षा, सामाजिक–भावनात्मक सिकाइ र क्रोध नियन्त्रण का कार्यक्रमलाई विद्यालय र समुदायसम्म पुर्याउँदै आउनु भएको छ । उहाँको भनाइमा: “पढाइ–लेखाइ मात्रले विद्यार्थी परिपक्व हुँदैनन् । भावनात्मक बुद्धिमत्ता, सहिष्णुता र आत्मनियन्त्रण जीवनमा सफलताका आधार हुन् । त्यसैले हामीले क्रोध नियन्त्रण तालिमलाई विद्यालयस्तरमै सुरु गरेका छौं ।” हालसम्म करिब १० हजारभन्दा बढी विद्यार्थी (कक्षा ७ देखि ९ सम्म) यस तालिमबाट लाभान्वित भएका छन् ।
नेपालमा पछिल्ला वर्षमा सामाजिक तनाव, पारिवारिक असमझदारी, विद्यालयभित्रका हिंसात्मक घटना र मानसिक स्वास्थ्य समस्या बढ्दै गएका कारण भावनात्मक शिक्षाको आवश्यकता तीव्र बनेको छ ।
विशेषज्ञहरूको भनाइमा, क्रोध आफैंमा समस्या होइन, तर यसलाई व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न हुन्छ । यसलाई सम्बोधन गर्न क्रोध रहित संसार ले शान्ति शिक्षा, सामाजिक–भावनात्मक सिकाइ र क्रोध नियन्त्रण सञ्चालन गर्दै आएको छ, जसमा विद्यार्थीलाई निम्न विषयमा अभ्यास गराइन्छः
• क्रोध उठ्दा शरीर र मस्तिष्कमा हुने परिवर्तनबारे जानकारी
• सहानुभूति र अहिंसात्मक संवाद को अभ्यास
क्रोध रहित संसार नेपालमै सीमित नभई अन्तर्राष्ट्रियस्तरमै परिचित संस्था हो । यसले युनेस्को लगायत अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्दै आएको छ ।
तालिमलाई प्रभावकारी बनाउनका लागि यस संस्थाले विद्यालय, स्थानीय तह, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्दै आएको छ । विशेषगरी ग्लोबल पिस फाउन्डेशन, नेपाल ओपन युनिभर्सिटी, युनेस्को (संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन), र ईक्यू फोर पिस वर्ल्डवाइड इन्टरनेशनल, अमेरिका लगायतका संस्थाहरूले यस अभियानलाई निरन्तर समर्थन प्रदान गर्दै आएका छन् ।
क्रोध नियन्त्रण तालिम लिएका विद्यार्थीहरूले आफ्नो दैनिक जीवनमा ठूलो परिवर्तन अनुभव गरेका छन् । शिक्षकहरूले समेत सकारात्मक परिणाम देखेका कारण यो कार्यक्रमलाई नियमित पाठ्यक्रममा समावेश गर्नुपर्ने माग उठाइएको छ ।
नेपाल जस्तो विविधतायुक्त समाजमा शान्ति, सहिष्णुता र भावनात्मक सन्तुलनको अभ्यास अत्यावश्यक छ । अध्यक्ष देशमर्दन बस्न्यातको नेतृत्वमा अघि बढिरहेको क्रोध रहित जीवन अभियानले नेपालमा मात्र नभई विश्वभर शान्ति र भावनात्मक सन्तुलन प्रवर्द्धन गर्ने ऐतिहासिक योगदान गर्ने सम्भावना बढाएको छ ।


