२०८२/०८/१३
मानव सभ्यताको सुरुदेखि नै जीवन दर्शन पस्कने व्यक्तिहरु समय समयमा जन्मने गर्छन् र मानिसलाई दर्शनका कुरा दिएर जान्छन्। त्यस्तै व्यक्तिहरुमध्ये आफ्नो बाबुबाट श्रापित अष्टावक्र; बाबु कोहड र माता सुजताका सन्तान, जसले उनी गर्भमा नै हुँदा उनका वावुले पाठ गरेका श्लोकमा त्रुटी छ भनी औंलाएका थिए, जसलाई गर्भमा नै हुँदा अष्टावक्रको रुपमा जन्मेनेछस। उनका बाबु निर्धन थिए तर उनी आचार्य थिए। आचार्य पुत्र जसले गर्भमा हुँदा नै बाबुको उच्चारण खोट पहिचान गर्न सफल थिए, तिनै पात्रले १२ वर्षको उमेरसम्म उनका बाबु को थिए भन्ने थाहा थिएन। उनले एक दिन आफ्नो आमा सुजातालाई उनको पिताको सत्य बताउन वाध्य पारे र उनी राजा जनकको दरबारमा आचार्यहरुसिय शास्त्रार्थ गर्नको लागि हानिए, जसलाई दरबारको गेटमा रोकिन्छ राजाले थाहा पाउनासाथ भित्र जानको लागि आदेश दिन्छन् , उनलाई देख्नासाथ आचार्यहरु हास्नथाल्छन, तर उनले उनीहरुको भन्दा ठूलो हाँसो हाँसि दिन्छन्। राजा जनकले हाँस्नाको कारण सोधेपछि मुर्खहरुलाई देखेर हाँसेको भनेपछि राजसभा लज्जित हुन पुग्छ।
दार्शनिक यात्रामा केही कथाहरू मात्र इतिहासका तथ्य भएर होइन, मानसिक मुक्ति र चेतनाको प्रतिक भएर अमर हुनेगर्दछ। त्यस्तै पात्र मध्ये अष्टावक्र, उनका पिता कहोड, माता सुझाता, बण्दी र मिथिलाका ज्ञानी राजा जनकलाई केन्द्रमा राखेर विकसित कथा केवल एक धार्मिक आख्यान मात्र नभइ —ज्ञान, सत्य, विवेक, अहंकार, आत्मबोध र न्याय को अत्यन्त गहिरो प्रतिमूर्तिको रुपमा अटल र अम्मर रहेको छ। दरबारमा उनलाई देख्दा दरबारमा रहेका आचार्यहरुले उनको शारीरिक अपूर्णतालाई देखेर हाँसे भने आचार्यहरुको अँहकार र अन्धोपनलाई देखेर अष्टावक्र हाँसिल। उनको प्रस्तुतिमा रहेको थियो: चेतनाको परिपूर्णता, शब्दकला भन्दा सत्यको निर्भीकता, र बाह्य–व्यवहारभन्दा आत्म–जागरणको महत्त्वले नै जीवनको लक्ष्य निर्धारित गरिदिन्छ र त्यही नै जीवनको मार्गदर्शन बन्न सक्छ भन्ने ठम्माइ थियो।
अष्टावक्रमा ज्ञानको विजारोपण गुरु कृपा उनी गर्भावस्थामा नै भएको थियो। त्यसैले उनले १२ वर्षको उमेरमा नै आचार्य बोन्दसँग सास्त्रार्थ गर्ने सामर्थ्य राखे। उद्दालक ऋषिको आश्रममा शिक्षा लिएका कहोड विनम्र, मिहिनेती र सत्यनिष्ठ धनका गरिब शिष्य थिए। उनी उद्दालककी विदुषी छोरी सुझाता : वेद, नीतिदर्शन र तर्कशास्त्र मा पारंगतसँग विवाहबद्ध भएका थिए र उनको गर्भबाट नै अष्टावक्रको जन्म भएको थियो।
कहोड, सुझाता र गर्भस्थित ज्ञानको उत्पत्तिको कथा पस्कदा केही सन्देश प्रवाह गर्न सक्छ।
सुझाता गर्भवती हुँदा, कहोडले दैनिक उच्चारण गर्दै गरेका मन्त्र–वेदपाठ गर्भस्थ शिशुले सुनेको र गर्भमै रहेका अष्टावक्रले बाबुको उच्चारण त्रुटि महसुस गरेका थिए भन्ने कथन सुन्न पाइन्छ। यो केवल चमत्कारिक घटना मात्र नभएर —पूर्वीय चिन्तनले ज्ञान चेतनाबाट जन्मिन्छ, शरीरबाट होइन भन्ने दृष्टिकोण उजागर गरेको स्पष्ट हुन्छ। सुनिन्छ जब अष्टावक्रले त्रुटि औँल्याए, कहोडले क्रोधमा श्राप दिए— “तिमी आठ अङ्गबाट वक्र भएर जन्मिनेछौ।”यस प्रसंगले प्राचीन समाजमा अहंकार र ज्ञानको द्वन्द्व कति सूक्ष्म रहन्थ्यो भन्ने देखाउँछ।
निर्धन कहोड राजा मिथिला राज्यका राजा जनकको दरबारमा हुने आचार्यसँग शास्त्रार्थ गरी धन लिएर फर्कने सोचमा उनी दरबार पुगेका थिए। मिथिलाका राजा जनकको दरबार ज्ञानको महासागरमा जहाँ निर्भीक बौद्धिकता र तर्कशास्त्रले सर्वोच्च स्थान पाउँथ्यो भनी यत्रतत्र सुनिन्थ्यो। उनी आचार्य बन्दीसँग शास्त्रार्थ गर्न पुगे पराजय भए र उनी जल समाधिमा जान बाध्य भएका थिए भन्ने कुरा उनको आमा सुजाताबाट थाहा पाएका थिए।उनै आचार्य एक असाधारण तर्ककुशल, तर कठोर र अहंकारी विद्वान भएको कुरा इतिहासकारहरुले बताउँछन् । बण्दिले एउटा क्रूर नियम बनाएका थिए–जो पराजित हुन्छ, ऊ “जल–समाधि” लिन्छ।यही नियमअनुसार शास्त्रार्थमा पराजित भएका कहोडलाई नदीमा विसर्जन गर्न बाध्य भएको कुरा कथाहरूमा सुन्न पाइन्छ।
बन्दीको को यो कार्यले ज्ञानको दुरुपयोग, नियमको नाममा दमन र सत्ता–बोध को विकृति उजागर गर्छ भनोठम्माइ नै हो।
अष्टावक्रको सत्य–यात्रा : एक बालक, एक चेतना, एक विद्रोह
अष्टावक्र शारीरिक रूपमा विकृत भए पनि मानसिक रूपमा विलक्षण तीक्ष्णता बोकेर हुर्किए थिए जसमा गुरु कृपाको कारण उनीसँग अथाह ज्ञान थियो। जब उनले आफ्ना पिता अन्यायपूर्वक जल–समाधिमा परेको थाहा पाए, उनी बालक उमेरमै जनक दरबारतर्फ उन्मुख भए र उनको बाबा माथि भएको अविवेकी विध्दान साच्चैकै विध्दान थिए त भन्ने सन्देश बुझ्न चाहन्थे। जब
दरबारमा प्रवेश गरे दरबारमा रहेका पण्डितहरूले उनको शरीर देखेर हाँसे; त्यसपछि उनी उनीहरुभन्दा ठूलो आवाजमा हाँसिदिदा राजा जनकले उनी हास्नको कारण सोधे। अष्टावक्रले भने मूर्खहरुलाई देखेर हाँसेको भने । उनले थपे—“तपाईंहरू शरीर हेर्नुहुन्छ, म चेतनालाई देख्दछु।वास्तवमा म होइन, तपाईंहरू नै वक्र हुनुहुन्छ।” यति भनेपछि सभामा सुन्यताले स्थान पाउँछ।
यो वाणीले दार्शनिक दृष्टिले तीन सत्य उजागर गर्छ—
१. ज्ञानको मूल्य शारीरिक स्वरूपमा होइन, चेतनामा छ।
२. अहंकारले आँखालाई अन्धो बनाउँछ।
३. सत्यका अगाडि विद्वानको बाहिरी आडम्बर तुहिने गर्छ।
आचार्य बण्दिसँग शास्त्रार्थ : तर्कको महासंग्राम चलेको थियो।
अष्टावक्र र बन्दि बीचको तर्क–युद्ध केवल भाषिक प्रतिस्पर्धा थिएन; यो विवेक र अहंकार, सत्य र दमन, ज्ञान र देखावट बीचको संघर्ष पनि थियो। अष्टावक्रका उत्तरहरू तीक्ष्ण, सूक्ष्म र निर्विकल्प थिए। अन्तमा आचार्य बन्दी पराजित भए। उनी जल समाधि जानको लागि तयार भए। आचार्य बन्दीलाई अष्टावक्रले क्षेमा गरिदिए। ज्ञानको महत्व बुझाइ दिए। ज्ञानमा अहँकारको वास हुनुहुँदैन भन्ने सन्देश मानवका लागि पस्किन सफल भए।
अन्तमा आचार्य बन्दले उनी वरुण देवको पुत्र भएको रहस्य खोले। जो उनीसँग पराजित भए उनीहरु वास्तवमा डुबेका थिएनन् उनीहरू वरुणलोकमा सुरक्षित थिए भनी बताए।
अष्टावक्रको विजयले अब उनीहरू फर्किन सक्छन् भनेपछि
आचार्य कहोड समेत पुनर्जीवित भएर उदाए भन्ने कथा सुन्न पाइन्छ। उनीहरुको आगमनले जनक दरबारमा ज्ञानको पुनरुत्थान भएको थियो भने अहंकारको पराजय र सत्यको विजय थियो भन्ने बुझिन्छ।
राजा जनक : ज्ञानका संरक्षक, चित्त–मुक्ति का साधक भएको पुष्टाइ दिने आधसरमध्येको एक आधार उनले अष्टावक्रलाई दरबारमा प्रवेश गराइ आचार्य बन्दीसँग शास्त्रार्थ गर्ने अवसर जुटाउनु पनि हो भन्न सकिन्छ।राजा जनक केवल राजा मात्र नभएर ज्ञानी, तत्त्वदर्शी र योगी थिए भन्ने बुझिन्छ।
अष्टावक्रको प्रतिभा देखेर उनले त्यसै क्षण आश्रम–स्तरीय सम्मान दिए र पछाडि गएर अष्टावक्र–जनक संवादबाट पछि जन्मिएकोअष्टावक्र–गीताले अद्वैत, आत्मबोध, मुक्ति, चित्तशुद्धि जस्ता विषयहरूमा विश्व दर्शनलाई गहिरो प्रभाव पारिरह्यो। जनक, बनमदि कहोड र अष्टावक्र—यी चार व्यक्तित्वले
ज्ञान–सत्ता–न्याय–चेतनाको शाश्वत त्रिकोण निर्माण गरेरबमानव समाजमा पस्किएका छन्।
त्यसैले भन्न सकिन्छ अष्टावक्रको कथा केवल पुराण होइन;
यो मानव चेतनाको यात्रा हो, शरीरभन्दा चेतना ठूलो,नियमभन्दा न्याय ठूलो,शब्दभन्दा सत्य ठूलो,जन्मभन्दा कर्म ठूलो, र अहंकारभन्दा ज्ञान ठूलो भन्ने सन्देश मानव सभ्यतालाई दिएको छ।
सुझाताको गर्भ–ज्ञान, कहोडको अन्यायपूर्ण मृत्यु, बन्दिको कठोर नियम, जनकको चेतनापूर्ण न्याय–विवेक, र अन्ततः अष्टावक्रको सत्य विजय—यी सबै घटनाले हामीलाई सिकाउँछन
“ज्ञान विनम्रतासँग सुशोभित हुन्छ, अहंकारसँग होइन।
सत्य अन्ततः ऊभिन्छ,जसरी अन्धकार अन्ततः हराउँछ।” अष्टावक्रको गहन भनाई शास्त्रले जीवन सिकाउँछ भने शस्त्रले जीवनलिला अन्त्य गरिदिन्छ। त्यसैले मानव कल्याणको संरक्षणको लागि शास्त्रलाई शस्त्रको रुपमा चलाउन हुँदैन।
चन्द्रकान्त पण्डित
सिध्दिगणेश मावि पकनाजोल



