राष्ट्रिय वाणिज्य बैंकले

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कुल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।