कक्षा १२ को बोर्ड परीक्षा भोलिबाट सुरु हुँदैछ।

परीक्षामा ३,९५,९०८ जना नियमिततर्फ र १,१५,६१७ जना आंशिकतर्फ गरेर जम्मा ५ लाख ११ हजार ५२५ जना परीक्षार्थीहरु समावेश हुने भएका छन्।

परीक्षाका लागि देशभर १५९० र जापानमा एउटा गरेर १५९१ केन्द्रहरू रहेका छन् भने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सहित ४८ हजार २०९ जना जनशक्तिहरू परिचालन गरिएको छ।

परीक्षार्थीका आधारमा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६१ हजार ४६४ जना र सबैभन्दा कम मनाङ जिल्लाबाट ३६ जना परीक्षार्थीहरू सहभागी हुनेछ्न ।

नेपाल बाहिर जापानमा पनि एउटा परीक्षा केन्द्र रहेको छ जसबाट ३७ जना परीक्षार्थीहरु सहभागी हुँदैछन्।