समाजसेवी तथा पत्रकार राजन थापाको अगुवाइमा ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग  एमओयु सम्पन्न

समाजसेवी तथा पत्रकार राजन थापाको अगुवाइमा ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग  एमओयु गरेको छ। एमओयु गर्नेहरूमा फिल्म आर्टिस्ट  अर्गनाइजेसन अफ नेपाल (FAWON),पावर ईन्टरनेशनल मिडिया ( PIM) नेपाल, तारकेश्वर क्लब  साठी , लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५  आई  रहेका छन्।

संझौता पत्रमा हस्ताक्षर गर्नेमा प्रथम पक्ष ईशान अस्पतालका कार्यकारी निर्देशक रामानन्दन  चौधरीले गरेका थिए भने दोस्रो पक्षहरूमा   फिल्म आर्टिस्ट  अर्गनाइजेसन अफ नेपाल (FAWON) ऋषिराज आचार्य, पावर ईन्टरनेशनल मिडिया ( PIM) नेपालका अध्यक्ष माधवराज खरेल, तारकेश्वर क्लब  साठीका राजन थापा ,लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५  आई गभर्नर पार्बती खरेल पाण्डेले गरेकी थिइन्।