बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार घाइतेहरूको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भइरहेको छ। महासंघले शान्तिपूर्ण आन्दोलनमा सरकारले कायरता देखाएर शिक्षकमाथि आक्रमण गरेको आरोप लगाएको छ। सरकारले घाइते शिक्षकहरूको उपचार खर्च व्यहोर्नुपर्ने माग गरिएको छ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहार भएको हो।
शिक्षकहरूले प्रदर्शनमा घुसपैठ भएको दावी पनि गरेका छन्।




