आन्दोलन आइतबार अशान्त, निषेधित क्षेत्र तोड्न खोज्दा पानीको फोहरा

काठमाडौँ नयाँ बानेश्वरमा भइरहेको शिक्षक आन्दोलन आइतबार अशान्त बन्यो। निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरू र प्रहरीबीच झडप भयो। प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले ढुंगामुढा गरे र प्रहरीले पानीको फोहोरा प्रयोग गर्‍यो। नेपाल शिक्षक महासंघले २५ दिनदेखि आन्दोलन गरिरहेको छ।