कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ। अब परीक्षा वैशाख २१ गतेबाट सुरु हुनेछ, पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। शिक्षक आन्दोलनका कारण परीक्षा मिति १० दिन पछि सरेको हो। अब परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। नियमित र आंशिक दुबैका लागि संशोधित तालिका सार्वजनिक गरिएको छ।